इन्टरनेट प्रोटोकल संस्करण 6, उर्फ IPv6 को प्रयोग नेपालमा बढ्दै गएको छ।
IPv6 को बृद्धिले ब्यान्डविथ क्षमता र नेपालको इन्टरनेट प्रविधिलाई सुधार गरिरहेको छ। क्षेत्रीय आईपी ठेगाना रजिस्ट्री एपनिक अनुसार नेपाल दक्षिण एसियामा तेस्रो स्थानमा रहेको छ ।
APNIC को रेकर्डले नेपालमा IPV6 को निरन्तर वृद्धि देखाउँछ। यसको पछिल्लो मेट्रिक्समा, नेपालको IPv6 क्षमता २६.०२% पुगेको छ भने IPv4 प्राथमिकतामा फेब्रुअरी ०१, २०२२ सम्म २५.४१% बढेको छ। IPV6 क्षमता जनवरी १, २०२१ मा १२.७३% थियो जबकि त्यस समयमा, प्राथमिकता ११.८४% थियो।