© 2021-2024
सामाजिक सञ्जाल च्यानलहरू तीव्र गतिमा व्यापार विकास रणनीतिको अविभाज्य भाग बनेका छन्। उपभोक्ताहरूसँग अर्थपूर्ण सम्पर्क निर्माण गर्ने सन्दर्भमा “सामाजिक” को प्रभावलाई हामीले बेवास्ता गर्न पक्कै सकिँदैन। र आजभोलि “सोसल मिडिया मार्केटिङ” निकै चर्चामा आएको छ।
वास्तवमा भन्नुपर्दा “सोसल मिडिया मार्केटिङ” (एसएमएम) भनेको कम्पनीको उत्पादन र सेवाको बजारीकरण का लागि सोसल मिडिया वेबसाइट र सामाजिक सञ्जालको प्रयोग गर्नु हो ।” कुनै पनि कम्पनीले आफ्नो उत्पादन सामाजिक सञ्जाल मर्फात देश विदेश अर्थात् संसारको जुनसुकै ठाउँमा पनि पुराउन सक्छ। यसले ग्राहकहरूको संख्यावृद्धिमा अतुलनीय योगदान पुराउँछ।
एस एम एम-ले तपाईँको व्यापारको लागि नयाँ श्रोतालाई जागृत बनाउँछ। यसले ग्राहकहरूसँग बलियो सम्बन्ध निर्माण गर्दछ। यसले व्यवसायलाई धेरै लिडहरू सिर्जना गर्ने, प्रतिस्पर्धीहरूलाई उछिनेर अगाडी बढ्न सहजता दिलाउने, लागत प्रभावकारी हुने जस्ता विभिन्न फायदाको दाबेदार बनाउन मद्दत गर्दछ। सामाजिक सञ्जाल विज्ञापनले सोसल मिडिया मार्केटिङ कार्यक्रमको प्रभावकारिता बढाउन सक्छ। विक्रेताले वेबसाइट ट्राफिक बढाउन, पाठकहरूलाई योग्य लिडमा परिवर्तन गर्न र उत्पादन वा सेवाहरू बेच्न सोसल मिडियामा विज्ञापन गर्न सक्छन्।
विशेषगरि बुस्टिंगले (boosting) आफ्नो कम्पनीलाई धेरै दर्शकहरूबिच पुराउन सहयोग पुराउँछ | केही रकममा सामाजिक सञ्जालमा आफ्नो व्यवसायलाई बूस्टिंग गरेर प्रचार प्रसार गर्न सकिन्छ। बुस्टिंग गर्नु अघि यी कुरामा ध्यान दिनु आवश्यक हुन्छ:
-सुरुमा आफ्नो व्यवसायको लक्ष्य र उद्देश्य परिभाषित गर्ने
-लक्षित दर्शक पहिचान गर्ने
-सही प्लेटफर्म चयन गर्ने
-लगातार सामग्री प्रकाशन (पोस्ट ) गर्ने
-वार्तालाप अनुगमन गर्ने र सम्बन्ध सिर्जना गर्ने