© 2021-2024
मतदान गर्ने उमेर पुगेपछि अर्थात् १८ वर्ष पुरा भएपछि मतदाता नामावलीमा नाम दर्ता गर्नुपर्दछ।
नाम दर्ता गराउन आफूले जहाँ जुन जिल्लाका उम्मेदवारलाई भोट दिने हो, सोही जिल्लाको निर्वाचन कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा नाम दर्ता गर्न सकिन्छ। केही समयमै निर्वाचन कार्यालयले मतादाता परिचय पत्र उपलब्ध गराउँछ।
यो एक राजनीतिक अधिकार हो, निर्वाचन प्रक्रियामा सहभागी हुन जस्तै, मतदान गर्न, उम्मेदवार बन्न मतदाता नामावलीमा नाम दर्ता हुन् आवश्यक छ।
मतदाता नामावलीमा नाम दर्ता गराउन नागरिकताको प्रतिलिप आवश्यक हुन्छ भने व्यक्तिको फोटो नामावली दर्ता गर्ने ठाउँमा त्यहीको कर्मचारीले लिने गर्दछन् । आफ्नो राजनैतिक हक प्रयोग गरी देसलाई असल उम्मेदवार दिलाउनु एक असल नागरिकको कर्तव्य हो।
देशले गतिलो नेता पाएको छैन। गतिलो शासन पाएको छैन। सरकार दीन ,दुखी, असहायको सहारा बन्न सकेको छैन, अघिल्ला उम्मेदारहरुले गलत आश्वासनको सहारामा आफूले चिताएका कुर्चीमा पुगे पनि भोट दिने जनताको आवाज बन्न सकेका छैनन्। उनीहरूलाई केवल आफ्नो कुर्ची अनि गोजीसङ सरोकार रहेको कुरा उनीहरूले समाजमा ल्याएको परिवर्तनको मूल्याङ्कन बाटै स्पष्ट हुन्छ। अत्; अब आफूले देखेको नयाँ अनि परिवर्तित नेपाल, समृद्ध समाजका लागी हाम्रो होइन , राम्रो उम्मेदवारलाई भोट दिनु अति आवश्यक छ। आजसम्म पार्टी अनि आफन्तको लहलहैमा लागेर नालायकलाई भोट दिए तापनि अब भने त्यही गलत बाटोमा नलागी आफैले सोच बिचार पुर्याएर सही उम्मेदवारलाई जिताउनुतर्फ लाग्नुपर्दछ।
निर्वाचनको सही परिणामका लागि,
मतदान नगर्नु भनेको तपाईँको आवाज छुट्दै छ भन्ने पनि हो,
यो हजुरलाई राज्यले दिएको सम्पत्ति हो,
मतदान परिवर्तनको अवसर हो,
यो तपाईँको संवैधानिक अधिकार हो,
यसले हजुरको राजनीतिक सहभागिता जनाउँदछ,
भोट नहाले (मत छैन = राय छैन) भन्ने बुझिन्छ |
अन्ततः; निर्वाचनको दिन एक यस्तो दिन हो जुन दिन हजुरलाई सत्य, न्याय र देशको हकहितको लागि निष्पक्ष रूपमा आफ्नो सहभागिता जनाउन पाउनुहुन्छ। हजुरको एक मतले देश, समाज अनि समुदायको भविष्य निर्धारण गर्दछ। अत्; भोट गरौँ, सही उम्मेदवारलाई जिताऔँ।