रुसी सरकारका कैयौँ वेबसाइट अवरुद्ध पारेको दाबी गर्दै ह्याकरहरूको चर्चित समूह ‘एनोनिमस’ले रुसविरुद्ध साइबर युद्ध घोषणा गरेको छ।
एनोनिमसको नाममा रहेको ट्विटर अकाउन्टबाट शुक्रवार बिहानै रुसी सरकारसँग औपचारिक रूपमै युद्ध सुरु गरेको कुरा खुलाएको छ। युक्रेनमा सैन्य कारबाही गरेको जवाफस्वरुप रुस सरकारका दर्जनौँ वेबसाइट अवरुद्ध गरेको समेत कुरा उक्त ट्विटद्वारा दाबी गरिएको छ।
एनोनिमसले रुसविरुद्ध साइबर युद्ध सुरु गरेको जनाए अगावै बिहीबार रुसी सरकार, क्रेमलिन, डुमा, रक्षा मन्त्रालय र रसिया टुडेका वेबसाइट प्रभावित भएका थिए । साइबर हमलापछि दिनभर केही वेबसाइट सुस्त बनेका थिए भने केही त बन्द नै भएका थिए।
‘हरामी पुटिन… हामी युक्रेनका जनताको पक्षमा छौँ… हाम्रो सङ्ख्या ठुलो छ, पुटिनको सत्तामा ज्यान गुमाएका मानिसलाई कहिल्यै भुल्ने छैनौँ । हाम्रो हमलापछि पुटिनको अपराधी सत्तालाई पहिलाकै अवस्थामा फर्किन निकै कठिन हुने छ ।’ – एनोनिमससँग सम्बन्धित एक अकाउन्टमा भनिएको छ।
The Anonymous collective is officially in cyber war against the Russian government. #Anonymous #Ukraine
— Anonymous (@YourAnonOne) February 24, 2022
संसारका सबैभन्दा शक्तिसाली ह्याकरहरुको थलो नै भनेर चिन्ने गरिन्छ रुस, यदि जवाफ स्वरूप रुसी ह्याकरहरू पनि द्वन्दमा उत्रिय विश्वको सईबर क्षेत्रमै गडबड हुने निश्चित छ, यधपी रुस सरकारले साईबर हमला बारे भने कुनै अभिव्यक्ति सार्वजनिक गरेको छैन ।
‘एनोनिमस’ कुनै केन्द्रीय पद सोपान वा नेतृत्व नभएको एउटा विकेन्द्रिकृत समूह हो । उक्त समूहले यसअघि अमेरिकी सरकार, सीआईए, इस्लामिक स्टेट जस्ता ठुला ठुला वेबसाइट हरू माथि समेत साइबर हमला गर्दै आएको थियो।