२३ जेष्ठ २०८०, मंगलवार

क्रिप्टोमा लगानी गर्ने दुई जना विरुद्ध ९ करोड बिगो सहित मुद्दा दायर



राजस्व अनुसन्धान विभागले अमेरिकी डलरको अनलाइनमार्फत अवैधरुपमा कारोबार गरेको कसुरमा दुई जना विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागले मोरङ जिल्ला रतुवामाई नगरपालिका– ७ बस्ने २८ वर्षीय पुस्कर श्रेष्ठ र सोही ठाउँ बस्ने २३ वर्षीया बिनिता लिम्बुविरुद्ध विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कसुर कार्यमा संलग्न रहेको भन्दै मुद्दा दायर गरेको हो ।

विभागका अनुसार निजहरुले विभिन्न बैंकका बैंक स्टेटमेन्टहरु, वरामद गरिएको मोबाइलमा प्राप्त डाटाहरुलगायत कल डिटेल विवरण समेतका मिसिल संलग्न प्रमाणबाट श्रेष्ठ र लिम्बुले सामूहिकरुपमा मिलिमतो गरी मोबाइल एप्स 1xbet, Binance, Adv Cash, Coinbase, Paxfull प्रयोग गरी अमेरिकी डलरको अवैध कारोबार गरेका थिए ।

अमेरिकी डलर सटही तथा क्रिप्टोमा लगानीकर्ताका रुपमा रही कार्य गरी प्रतिवादी पुस्कर श्रेष्ठले विभिन्न बैंकबाट रु. सात करोड ५७ लाख ७१ हजार ९५८ तथा बिनिता लिम्बुले एनआईसिएशिया बाट रु. दुई करोड १६ लाख ९८ हजार समेत जम्मा रु. ९,७४,६९,९८३ विदेशी विनिमय कसुर गरेको पुष्टि भएको भन्दै विभागले विदेशी विनिमय (नियमित  गर्ने) ऐन, २०१९ बमोजिम बिगो जफत गरी सजाय गर्न र तीन वर्षसम्मको कैद सजाय गर्न मागदावी गरेको छ ।


२३ जेठ, एजेन्सी । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको

२३ जेठ, काठमाडाैँ । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै

२२ जेठ, काठमाडाैँ । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै

२१ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न