YouTube ले २०२२ मा रोल आउट गर्न सेट गरिएका केही नयाँ सुविधाहरूको साथ आफ्नो लाइभस्ट्रिम अनुभवलाई थप गतिशील बनाउने भएको छ।
हाल रोल आउट भइरहेको स्प्लिट स्क्रिन हेर्ने विकल्पको साथसाथै, आगामी केही महिनाहरूमा, कम्पनीले लाइभस्ट्रिम र प्रश्नोत्तर सुविधा समेत प्रस्तुत गर्ने भएको छ। YouTube ले हाल गो लाइभ टुगेदरको पनि परीक्षण गरिरहेको जनाएको छ, जसले लाइभस्ट्रिमरहरूलाई शेयर गर्न मिल्ने लिङ्कको साथ को-होस्टिङको सुविधा पनि दिनेछ।
पछिल्लो समय YouTube नयाँ र अपडेटेड प्रविधिको प्रयोग गर्दै प्रयोगकर्ताहरूलाई आफ्नो सेरोफेरो राख्ने स्ट्राटेजी बनाउनमा व्यस्त देखिएको छ।