कोरिया इन्स्टिच्युट अफ मटेरियल साइन्स (KIMS) को अनुसन्धान टोलीले विश्वको पहिलो अल्ट्रा-थिन कम्पोजिट फिल्म विकास गर्न सफल भएको छ। यो फिल्मले 5G संचारको लागि ईलेक्ट्रोम्याग्नेटिक वेभ रिफ़्लेक्ट गर्दैन तर यसको९० प्रतिशत भन्दा बढी एब्जर्ब गर्दछ। टेक्नोलोजीले २६ गिगा हर्ज भन्दा माथि 5G संचार आवृत्तिको लागि विद्युत चुम्बकीय तरंगहरूको माध्यमिक हस्तक्षेप समस्या समाधान गर्न सक्ने टोलीले जनाएको छ।
त्यसैगरी कोरियाली अनुसन्धान टोलीले वेरेबल उपकरणहरुको विकासमा प्रयोग गर्न सकिने नरम, मेकानिकल्ली डिफ़र्म गर्न मिल्ने र स्ट्रेचेबल लिथियम ब्याट्रीको विकास गर्दै कपडाको सतहहरूमा छपाई गरेर ब्याट्रीको सम्भाव्यता परीक्षण गरेको छ। कोरिया इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी (KIST) को अनुसन्धान टोलीले उनीहरूले विकाश गरेको लिथियम ब्याट्रीमा सबै सामग्रीहरू एक्सटेन्सिबल र प्रिन्ट योग्य, एनोड, क्याथोड, विधुत कलेक्टर, इलेक्ट्रोलाइट, र इन्क्याप्सुलन्ट योग्य भएको घोषणा गरेको छ। टोलीद्वारा विकसित लिथियम ब्याट्रीमा मेकानिकल विकृतिको लागि उपयुक्त उच्च क्षमता र फ्री-फार्म विशेषताहरू छन्।