९ चैत्र २०७९, बिहीबार

युट्युबको अग्रगामी छलंग, अमेरिकी दर्शकहरूलाई करिब ४,००० टेलिभिजन एपिसोडहरू स्ट्रिम !



युट्युबले तीव्र प्रतिस्पर्धात्मक बजारमा दर्शकहरूको ध्यान खिच्न बुधबार “Hell’s Kitchen” र “हर्टल्याण्ड” जस्ता कार्यक्रमहरूबाट अमेरिकी दर्शकहरूलाई करिब ४,००० टेलिभिजन एपिसोडहरू स्ट्रिम गर्न थालेको छ।

गुगलको स्वामित्वमा रहेको भिडियो प्लेटफर्मले स्मार्ट टेलिभिजन, मोबाइल उपकरण वा वेब ब्राउजरहरू प्रयोग गरेर यूट्यूबमा ठूला स्टुडियोहरूका चलचित्रहरू सहित लोकप्रिय टेलिभिजन कार्यक्रमहरू, विज्ञापनहरू सहित उपलब्ध हुने बताएको छ।

युट्युब, प्रयोगकर्ताहरूले अपलोड र शेयर गरिएका क्लिपहरूबाट सुरु गरी इन्टरनेटको प्रयोग गरेर अन डिमाण्ड भिडियोहरु पहुँच गर्ने प्रवृत्तिमा अग्रगामी देखिंदै आएको थियो। युट्युब टोलीका अनुसार “Gone in Sixty Seconds” र “Runaway Bride” समावेश गर्नका लागि चलचित्र र कार्यक्रमहरू साप्ताहिक रूपमा थपिनेछन्।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः