रुस र युक्रेन बिचको युद्धका कारण रुसमा मेटाले रुसिविरोधि आवाजलाई छुट दिए सँगै रुस मेटा सँग आक्रोशित बनेको थियो। रुसले युक्रेनलाई आक्रमण गरेको भन्दै मेटाले रुस विरोधी आवाज बोल्न युक्रेनी जनतालाई छुट दिएको थियो तर रुसले मेटाको यस्तो कदमको घोर भर्त्सना गरेको थियो।
इन्स्टाग्राम रुसमा सर्वाधिक रुचाईएको फोटो शेयरिंङ् एप हो तर यसलाई मेटाले आफ्नो देशमा प्रतिबन्ध लगाए सँगै रुसी सरकार यसको विकल्प खोज्न बाध्य भएको हो। यसै क्रममा रुसले इन्स्टाग्रामकै क्लोन एप रोजग्राम विकास गरेको छ जुन एप हेर्दा इन्स्टाग्राम जस्तै देखिन्छ र प्राय: फिचरहरू पनि उस्तै छन्।
रोजग्राममा इन्स्टाग्राममा नभएका क्राउड फन्डिङ को पनि सुविधा छ भने कतिपय सामाग्रीहरू प्रिमियम सदस्यताको लागि बनाइएको छ जुन हेर्नका लागि प्रयोगकर्ताहरूले पैसा तिर्नुपर्ने छ।
रोजग्राम डेभलपर भन्छन् “रोजग्राम, हेर्दा इन्स्टाग्राम जस्तै देखिने फोटो शेयरिंङ् एप हो यसमा इन्स्टाका सबै फिचरहरू उपलब्ध गराएका छौँ भने केही मात्रामा विविध सुविधाहरू पनि थपेका छौँ। ”
रोजग्राम एप हिजो मार्च २८ देखि डाउनलोड गर्न मिल्ने गरी तयार भएको छ।