एप्पलले iOS १५.४ र iPadOS १५.४ को डेब्यूको पन्ध्र दिनपछि आफ्नो उपकरणहरूको लागि iOS १५.४.१ र iPadOS १५.४.१ अपडेटहरू जारी गरेको छ।
नयाँ सफ्टवेयर भर्जनले अघिल्लो आईओएस र आईप्याडओएस अपडेटहरूको रिलीजको साथ प्रस्तुत गरिएको ब्याट्री ड्रेन समस्याहरू समाधान गर्ने बताईएको छ।
त्यस संगै एप्पलले सिरीसँग सम्बन्धित समस्या समाधान गर्न HomePod १५.४.१ अपडेट जारी गरेको छ। त्यसैगरी, म्याक प्रयोगकर्ताहरूले ब्लुतुथ र बाहिय डिस्प्ले कनेक्सनहरू सँग सम्बन्धित समस्याहरू सम्बोधन गर्ने उपाएहरु सहित macOS Monterey १२.३.१ प्राप्त गर्ने भएका छन्।