नेपालमै पहिलो पटक सामुदायिक विद्यालयमा रोबोटिक्स ल्याब स्थापना भएको छ।
आजको दिनसम्म आइपुग्दा रोबोटिक्स सम्बन्धि अध्यन र अनुसन्धान भावी पुस्ताका लागी अनिवार्य जस्तै ठहरी सकेको भएता पनि नेपालमा यसको लागि कुनै पहल भने भएको पाइएको थिएन, फ़ाट्टफ़ुट्ट निजि संस्थाहरुमा यसको ल्याब स्थापनाका पहल कदमी भने देख्न पाइन्थ्यो।
यसै अवस्थालाई मध्यनजर गर्दै र आउँदा दिनहरुमा नेपालि विधार्थीको रोबोटिक्स सम्बधि ज्ञानको स्तर बढाउंदै विश्वमा अब्बल दर्जाको पहिचान बनाउने उदेश्यसहित नेपालमै पहिलो पटक काठमांडू स्थित सामुदायिक विधालय दरबार हाईस्कुलमा सामान्य स्तरको रोबोटिक्स ल्याब स्थापना गरिएको छ।