© 2021-2024
नेपाल टेलिकमका प्रवन्ध निर्देशकमा विवादित पौडेल नियुक्त !
टेलिकममा पहिलोपटक संस्थाभन्दा बाहिरबाट प्रवन्ध निर्देशकमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेल नियुक्त भएका हुन् ।
सूचना प्रविधि केन्द्रमा रहेर विभिन्न कानुन विपरीतका काममा संलग्न रहेका पौडेललाई बिहीबार नै नियुक्त गर्ने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमको प्रवन्ध निर्देशक नियुक्ति सम्बन्धी निर्देशिका संशोधन गरेको थियो ।
विवादास्पद छवीका पौडेल विभिन्न सूचना प्रविधिसम्बद्ध आयोजनाहरुमा एजेन्टका रुपमा रहने र सेक्युरिटी प्रिन्टिङ प्रेशको अनियमितता प्रकरणमा मुछिएका सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक बिकल पौडेल निकट हुन् ।
विभिन्न स्वार्थ समूह निकट रहेर काम गर्ने पौडेलको पूर्वसञ्चारमन्त्री गोकुल बस्कोटा सँग पनि निकटको सम्बन्ध छ। गठबन्धनमा रहेका दलका नेतासहित सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत उनि निकट मानिन्छन, उनलाई निर्देशक बनाउने कुरामा ठुलै रकमको चलखेल भएको हुन सक्ने समेत आरोप छ।
नेपाल टेलिकममा ठूलो रकम मुद्धति निक्षेपमा रहेकाले सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सञ्चार सचिव बैकुण्ठ अर्यालसँगको मिलेमतोमा नयाँ परियोजनाहरु बनाएर खर्च गर्ने योजनासहित पौडेललाई टेलिकममा ल्याइएको स्रोतको दावी छ । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषको रकम विभिन्न परियोजना दिलाएर टेलिकममार्फत खर्च गर्ने योजना बनेको सञ्चार मन्त्रालयका एक अधिकारीले बताए । विवादास्पद पृष्ठभूमिका पौडेललाई टेलिकममा ल्याउन विभिन्न स्वार्थ समूह सक्रिय रहेको उनको दावी छ ।