१२ मंसिर २०७९, सोमबार

Logo

टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिमा चलखेल, मन्त्रीलाई समेत प्रभावमा पारेको आशंका !



टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिमा चलखेल

सरकारी स्वामित्वको नेपाल टेलिकममा नियुक्त गर्न लागिएको टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिमा चलखेल भइरहेको आशंका गरिएको छ । बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकले सिफरिसमा परेका तीन जना मध्ये एक जनालाई प्रबन्ध निर्देशकमा नियुक्त गर्दैछ ।

प्रबन्ध निर्देशकका लागि सिफारिस गरिएका तीन जना मध्ये दुई जना नेपाल टेलिकमकै कर्मचारी हुन भने एक जना टेलिकम बाहिरका हुन् । टेलिकमको प्रबन्ध निर्देशकको प्रतिष्पर्धामा तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिश भएको छ ।
खुल्ला प्रतिष्पर्धाबाट दरखास्त आव्हान गरिएकोमा ९ जनालाई अन्तवार्ता र प्रस्तुती गर्न दिएपछि तीनजनाको नाम छानेर मन्त्रिपरिषदमा सिफारिश गरिएको हो । सञ्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा बसेको समितिको बैठकले संगीता पहाडी अर्याल, सुरज सिंह थापा र सुशील पौडेलको नाम सिफारिश गरेको छ ।
अर्याल र थापा नेपाल टेलिकमकै कर्मचारी हुन् भने पौडेल सूचना प्रविधि केन्द्रमा कार्यरत छन् । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग नजिक रहेका सुशिल पौडेल ७० को सेक्युरिटी प्रेस खरिदसँग पनि नाम जोडिएका व्यक्ति हुन् ।

स्रोतका अनुसार उनी टेलिकमको एमडी बन्न करोडौं खर्च गर्न तयार भएका छन् । उनको प्रभावमा गठबन्धनमा रहेका दलका नेतासहित सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत पर्न सक्ने बताइएको छ । पौडेलको साँठगाँठ सञ्चार गिरोहसम्म रहेकाले उनी जसरी पनि टेलिकमको प्रबन्ध निर्देशकमा जान खोजिरहेका छन् ।

टेलिकम कर्मचारीका अनु्सार अर्याल टेलिकमको प्रमुख व्यवसायिक अधिकृत हुन् । दूरसञ्चार इञ्जिनियरिङ्गमा उनको प्रतिष्पर्धी सुरज सिंह थापा टेलिकमकै कर्मचारी भएपनि प्राविधिक भने होइन । यता, टेलिकमभित्र अर्याललाई ल्याउनुपर्ने दवाव बढेको छ । तर, रकम चलखेलका कारण मन्त्रिपरिषदको निर्णय उनका पक्षमा नआउने आशंक गरिँदैछ ।

टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिमा चलखेल को हल्ला सवत्र भएपछि टेलिकममा प्राविधिकलाई नै ल्याउनुपर्छ भन्ने दबाबमा बालुवाटार परेको बताइन्छ । पछिल्लो समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले अर्यालकाबारे जानकारी लिएकाले उनको सम्भावना कायम रहँदारहँदै पनि मोटो रकमको चलखेलले पासा पल्टाउने प्रवल सम्भावना देखिएको छ ।


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन