ट्विटरले आफ्नो नयाँ अनमेन्सन विकल्पको प्रारम्भिक प्रत्यक्ष परीक्षण जारी गरेको छ, जसले आफुलाई सहभागी गराउन सहज महशुस नगर्ने प्रयोगकर्ताहरु कुराकानीबाट आफुलाई हटाउन सक्षम हुनेछन।
अनमेन्सनको विकल्प सक्रिय गरिसकेपछि तपाईंको प्रयोगकर्ताको नाम, मूल ट्वीट र रिप्लाईहरु बाट अनट्याग हुनेछ। प्रयोगकर्ताहरूले सेम रिप्लाई चेन भित्र तपाईंलाई फेरि मेन्सन गर्न सक्ने छैनन् र भविष्यमा त्यसभित्रका अपडेटहरु तपाईलाई सुचित गरिने छैन।
अनमेन्सन सक्रिय भएपछि तपाईंले उक्त ट्यागको अपडेट हरु भने पाउनुहुने छैन यधपी तपाईंको नाम अझै पनि, तपाईं पहिले संलग्न हुनुभएको प्रारम्भिक ट्वीटहरूमा टेक्स्टको रुपमा देखा पर्नेछ।