भारतमा बेइजिङस्थित मोबभिओआइ द्वारा टिकवाच प्रो ३ अल्ट्रा जि.पि.एस स्मार्टवाच लन्च गरिएको छ।
नयाँ स्मार्टवाच क्वाल्कम स्न्यापड्रयागन वेयर ४१०० एस.ओ.सी द्वारा संचालित हुनुका साथै यो गुगलको वेयर ओएसमा आधारित रहेको बताइएको छ । नयाँ टिकवाच प्रो ३ अल्ट्रा जि.पि.एसमा १.४ इन्चको एमोल्ड डिस्प्ले र रक्त अक्सिजन संतृप्ति स्तर (SpO2) मनिटरको साथमा हृदय दर मोनिटर फिट गरिएको छ।
नयाँ वेयारेबल फाईबर ग्लास निर्माणको साथ स्टेनलेस स्टिल र नाईलनका साथै रिप्लेसेबल फ्लोरो रबर स्ट्राप्सको साथ आउँछ। यसमा इनबिल्ट जि.पि.एस हुनुको साथै IP68 रेटिङको साथ धुलो र पानी प्रतिरोधी पनि भएको बताइएको छ। आवश्यक मोडमा एक पटक चार्ज गर्दा यो स्मार्टवाच ४५ दिनसम्म टिक्न सक्ने भनाइ छ।