अन्वेषकहरूले १३.५ बिलियन प्रकाश वर्ष टाढा रहेको HD1नामक, एक ग्यालेक्सी क्याण्डिडेट पत्ता लगाएका छन् ।
उनीहरूले अहिलेसम्म पत्ता लगाएको सबैभन्दा टाढाको एस्ट्रोनोमिकल अब्जेक्ट रहेको अनुमान गरिएको छ। त्यो हालको सबैभन्दा टाढाको ग्यालेक्सी, GN-z11 बाट झन्डै १०० मिलियन प्रकाश वर्ष टाढा छ।
HD1, ग्यालेक्सी, गतिविधिले भरिएको संकेत गर्दै पराबैंगनी प्रकाशमा चम्किलो रूपमा चम्कने गर्दछ। नतिजाको रूपमा, वैज्ञानिकहरूले यो एक स्टारबस्ट ग्यालेक्सी वा एक छिटो दरमा ताराहरू उत्पन्न गर्न सक्ने एस्ट्रोनोमिकल अब्जेक्ट रहेको अनुमान गरिरहेका छन् ।