पछिल्लो समय सरकारले नेपाली अर्थतन्त्रमा संकट परेको भन्दै विलासिताका वस्तुहरुको आयातमा रोक र कडाई गरिरहेको छ। सोहि क्रममा सञ्चारको अभिन्न अंग र दैनिक आवश्यक वस्तु मोबाइल फोनको आयातमा पनि अनौपचारिकरुपमा रोक लगाईएको भन्दै व्यवसायीहरुले गुनासो गर्न थालेका छन्।
मोबाइल फोन आयातकर्ता संघ (MPIA)का वरिष्ठ उपाध्यक्ष संजय अग्रवालले बैंकहरुले मोबाइल फोन आयातका लागि एल.सी खोल्न तथा ऋण रकम दिन नमानेको आरोप लगाएका छन् ।
आजको दिनसम्म आईपुग्दा स्मार्टफ़ोन दैनिक जीवनको अभिन्न अंग बन्न पुगिसकेको भएता पनि यसको उल्लेखीय उत्पादन भने देशमा नहुने भएकाले सबै जसो फोनहरु आयात गर्नुपर्ने आवश्यकता रहेको छ जसले गर्दा संकटमा परेको अर्थतन्त्रलाई थप भार दिने भन्दै अनौपचारिक रुपमा आयातमा कडाई गरेको पाईएको छ।