२५ माघ २०७९, बुधबार

Logo

सामाजिक सञ्जाल नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल



निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालको गतिविधि नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन गरेको छ । आयोग पदाधिकारीको बैठकले ‘डिजिटल मिडिया तथा सामाजिक सञ्जाल अनुगमन कार्यदल’ गठन गरेको हो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आचारसंहिता लागू भएको मितिदेखि निर्वाचनको अन्तिम मत परिणाम आउँदासम्म कार्यदल सक्रिय रहनेछ ।
उनले कार्यदललाई सामाजिक सञ्जालमा मतदाता शिक्षा सञ्चालन गर्ने, अनुुगमन गर्ने, कारबाहीका लागि सिफारिस गर्ने अधिकार दिइएको बताए । सात सदस्यीय कार्यदलको अगुवाइ आयोगको सूचना प्रविधि शाखाका प्रमुखले गर्नेछनन् । चार जना विज्ञ, नेपाल प्रहरीको साइबर ब्युरोको एक जना प्रतिनिधि र आयोगको सूचना प्रविधि शाखाका एक जना इन्जिनियर गरी कार्यदलमा सात जना रहेका छन् ।
आयोगका अनुसार उक्त कार्यदलले हाल अनुगमनका स्वरूप तय गर्दै छ । सामाजिक सञ्जाल सम्प्रेषणको काम सुरु गरिसकेको कार्यदलले अनुगमन तथा सिफारिसका लागि प्राविधिक तयारी गरिहेको छ ।

निर्वाचन आचारसंहितामा सामाजिक सञ्जाल प्रयोगकर्ताले संवेदनशील भएर चुनावसम्बन्धी विषयवस्तु राख्नुपर्ने व्यवस्था गरेको छ । सामाजिक सञ्जालसम्बन्धी व्यवस्थाको उल्लंघन भए निर्वाचन कसुर ठहरिने र कसुरबमोजिम सजायको भागी हुनुपर्ने छ ।

उक्त कार्यदलले आचारसंहिता लागू हुने उम्मेदवार, राजनीतिक दल, सर्वसाधारण, कर्मचारी, संस्थाले प्रयोग गर्ने एकाउन्टको निगरानी गर्ने छ । आयोगले राजनीतिक दल, उम्मेदवार तथा साधारण व्यक्तिले दुरुपयोग गरे मात्रै कारबाही हुने बताउँदै आएको छ ।

आयोगको निर्वाचन तथा मतदाता शिक्षा निर्देशिकाले मतदाता शिक्षाका लागि नवीनतम प्रविधि प्रयोग गरी निर्वाचन शिक्षालाई निरन्तर रूपमा सञ्चालन गर्न सामाजिक सञ्जालको प्रयोग गर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्थाबमोजिम कार्यदलले नै मतदाता शिक्षाका लागि तयार गरिएको भिडियो/अडियोलगायतका सामग्री सामाजिक सञ्जालमा राख्नेछ ।


२४ माघ, काठमाडाैँ। ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

२३ माघ, एजेन्सी। स्पेसएक्सका प्रमुख एलन मस्कले आफ्नो विशाल ‘स्टारशिप’ रकेट प्रणाली योजनाअनुसार अघि

२२ माघ, काठमाडाैँ। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकम २० औँ वर्षमा

२२ माघ, काठमाडौं । अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट