२० जेष्ठ २०८०, शनिबार

स्मार्ट च्वाईस र स्मार्ट कार्ड नेपालबीच सम्झौता



नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र स्माटकार्ड नेपालबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।

राजधानी काठमाडौँमा सोमबार आयोजित विशेष कार्यक्रमकाबीच स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र स्माटकार्ड नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले स्मार्ट क्यूआर सेवा सञ्चालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सो सम्झौता पश्चात माई पे वालेट प्रयोगकर्ताले माई पे वालेट मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरूलाई भुक्क्तानी गर्न सक्छन भने माई पे मार्फत बिभिन्न व्यापार—व्यवसायमा आवद्व व्यबसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिनलाई क्यूआरको सुविधा लिन सक्ने छन् ।

इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीच माफर्त कारोवारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।

बिगत २० वर्षदेखि बिभिन्न भुक्क्तानीका बिभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र एन.आइ सी एसियावीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकाशमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१७ जेठ, काठमाडाैँ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू

१६ जेठ, काठमाडाैँ । अर्थ मन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा