१९ जेष्ठ २०८०, शुक्रबार

विधुतिय सवारीमा हिनामिना गर्न नपाउने हुँदा सवारी चलाउन आनाकानी गर्छन चालकहरु !



विधुतिय सवारीमा हिनामिना गर्न नपाउने हुँदा सवारी चलाउन आनाकानी गर्छन चालकहरु !

नेपालमा बिस्तारै विधुतिय सवारीहरुको महत्व र उपयोग बढ्दै जाँदा नेपाल विधुत प्राधिकरणले २० ओटा विधुतिय सवारीको खरिद गरि प्रयोगमा ल्याउन थालेको छ। पेट्रोलियम सवारी चलाउँदा पेट्रोल खर्च तथा विभिन्न मर्मत सम्भारको खर्च देखाएर आवश्यक भन्दा बढी खर्च माग्न बानि परेका चालकहरु विधुतिय सवारीमा त्यसो गर्न नपाउँदा विधुतिय सवारी चलाउन चालकहरु आनाकानी गर्ने गरेका छन्।

पेट्रोलियम सवारी चलाउन नपाउँदा आफ्नो व्यक्तिगत प्रयोजनका लागि पनि सरकारी पेट्रोल हाल्न बानि परेका चालकहरु विधुतिय सवारीमा त्यसो गर्न नपाएकै कारण प्राधिकरणको ट्रेड युनियन सम्म धाउने र आफुलाई विधुतिय सवारी साधन नापार्दीन अनुरोध गर्ने गरेको पाइएको छ। चालकहरुले चलाउन नमानेकै कारण विधुतिय गाडिहरु थन्किएर बसेका छन्।

किन यस्तो भयो त भन्ने प्रश्नमा यो बुझाई गलत भएको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराई जनाउँछन्। उनि भन्छन ” चालकहरुले विद्युतीय सवारी चलाउँदैनौं भनेका छैनन् । उनीहरुले त्यस्तो भन्न पनि पाउन्नन्। प्राधिकरणले किनेका विद्युतीय गाडी कसले चढ्ने भन्ने टुंगो नलागेको तर सवारी चालक भएका कर्मचारीले आफै चलाउन चाहेमा त्यस्ता कर्मचारीलाई प्राथमिकतामा राखिएको हो।आफैं गाडी हाँक्न सक्ने म्यानेजर, डाइरेक्टरहरुलाई दिने भन्ने योजना छ । तर ती गाडी कसले चढ्ने भन्ने त अझै टुंगो लागिसकेको छैन।

 


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा

१५  जेठ, काठमाडाैँ । आइतबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच

१५ जेठ, लुम्बिनी। बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार सोमबारदेखि व्यावसायिक रुपले