७ चैत्र २०७९, मंगलवार

ह्वाट्सएपमा नयाँ फिचर: ग्रुप च्याटमा ३२ जना, २ जी.बी सम्मको फाइल शेयर गर्न सकिने !



ह्वाट्सएपमा नयाँ फिचर

ह्वाट्सएपमा नयाँ फिचर: ग्रुप च्याटमा ३२ जना, २ जी.बी सम्मको फाइल शेयर गर्न सकिने।

चर्चित कम्पनी मेटाको मातहतमा रहेको लोकप्रिय मेसेजिङ् एप ह्वाट्सएपले ग्रुप भ्वाइस कलमा ३२ जना सम्म जोडिन सक्ने फिचर उपलब्ध गराएको छ, यसअघि अधिकतम ८ जनासम्म मात्रै जोडिन सक्ने व्यवस्था थियो।

त्यसै गरी अब ह्वाट्सएपमा २ जी. बी सम्मको फाइल शेयर गर्न सकिने भएको छ यसअघि १ जी.बी सम्मको फाइल मात्रै शेयर गर्न सकिने व्यवस्था थियो जुन प्रयोगकर्ताहरूको लागि आवश्यक भन्दा कम भएकाले मेटाले उक्त सुविधा सुरु गरेको हो।

यसबाहेक ह्वाट्सएपले ग्रुप एड्मिनले कुनै पनि बेला ग्रुपको च्याट डिलिट गर्न सक्ने सुविधा पनि उपलब्ध गराएको छ, डिलिट गरेको च्याट तथा कन्टेन्ट ग्रुपका अन्य सदस्यले समेत हेर्न नपाउने कम्पनीका प्रवक्ताले बताएका छन्।

ट्सएपमा नयाँ फिचर अनुरुप ठुलो आकारका फाइल शेयरिङ तथा ठुलो सङ्ख्यामा ग्रुप कलिङको सुविधा समावेश गरेको कुरा जानकारी गराउँदै ह्वाट्सएपको मातृ कम्पनी मेटाका सिइओ मार्क जुकरबर्गले आफ्नो फेसबुक वालमा पोस्ट गरेका छन्।


६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

४ चैत, दैलेख । नौमूले गाउँपालिकाका खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’ राखिएका छन् । खानेपानी

१ चैत ,गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाउनेलाई रु २५