२० जेष्ठ २०८०, शनिबार

आईफोन उत्पादन बन्द, छटपटीमा प्रयोगकर्ताहरु !



आईफोन उत्पादन बन्द !

आईफोनको एक प्रमुख उत्पादकले सांघाईमा आफ्ना आईफोन उत्पादन बन्द गरेको छ । लकडाउनका कारण प्रविधि कम्पनी पेगाट्रोनले उत्पादन बन्द गरेको हो ।

पेगाट्रोनले चीनमा रहेका आफ्ना दुई कारखानामा उत्पादन अस्थायी रूपमा स्थगित गरेको जनाएको छ । अधिकारीहरूले मंगलबार सांघाईमा कोभिडसम्बन्धी प्रतिबन्ध खुकुलो बनाइरहेका बेला कम्पनीले उत्पादन अस्थायी रूपमा बन्द गर्ने बताएको हो ।

प्रतिबन्ध खुकुलो भएसँगै सहरका २ करोड ५० लाख मानिसहरू केही साताको ‘बन्दी’ पछि घरबाहिर निस्कन पाउने भएका छन् । मुख्य उत्पादन र वित्तीय हबमा संक्रमण बढेपछि मार्चको अन्तमा सहरमा लकडाउन घोषणा गरिएको थियो ।

स्थानीय सरकारको कोभिड–१९ रोकथाम प्रावधानपछि पेगाट्रनले सांघाई र नजिकैको कुन्सानका कारखानाहरूको सञ्चालन रोकेको हो । कम्पनीले सक्दो चाँडो पुनः सञ्चालन गर्ने बताएको छ ।

संघाईमा आईफोन उत्पादन बन्द भए संगै प्रमुख एप्पल म्याकबुक निर्माता क्वान्टा र आईप्याड निर्माता कम्पल इलेक्ट्रोनिक्सले पनि चिनियाँ सहरहरूमा आफ्ना काम रोकेका छन् ।

यो पनि पढ्नुहोस् ।

आइफोन १४ को मूल्य कति, केके छन् त विशेषता ?


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१७ जेठ, काठमाडाैँ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू

१६ जेठ, काठमाडाैँ । अर्थ मन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा