१२ मंसिर २०७९, सोमबार

Logo

राजेन्द्र महतोको फेसबुक ह्याक: प्राविधिक ज्ञान नहुँदा दुख पाउने धेरै !



फेसबुक ह्याक

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ । फेसबुक ह्याक गर्दै ह्याकरले महतोले आजदेखि लोसपा छोडेको आशयको पोष्ट गरेको थियो ।

ह्याक भएपछि महतोले यसमा कुनै सत्यता नरहेको प्रष्ट पारेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘मेरो फेसबुक ह्याक गरि सुनियोजित रुपमा कसैले यो समाचार सम्प्रेषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु । यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी दायरामा ल्याउन पहल गर्नेछु ।’

उनले लोसपा छोडेको भन्दै लेखिएको पोष्टको स्क्रिनसट भाइरल भएपछि प्रष्ट्याएका हुन् । पोष्टमा लेखिएको छ, ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँगको यात्रालाई आजबाट पूर्ण रूपले बिराम दिएको छु । यात्रालाई सहज र सरल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण साथी शुभचिन्तक र पार्टीका सदस्यहरूलाई हृदयदेखि धन्यवाद ।’

यो पनि पढ्नुहोस्

ह्याकरहरूबाट आफ्नो फेसबुक खाता कसरी सुरक्षित गर्ने


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन