एनसेलले इन्डलेस कम्बो प्याकहरु ल्याएको छ । नयाँवर्षको अवसरमा एनसेल आजि याटा लिमिटेडले आफ्ना ग्राहकलाई अझै सुलभदरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरु संचालनमा ल्याएको हो ।
एनसेलले यो योजना वैशाख ०५ बाट सञ्चालनमा ल्याएको छ । उक्त योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले कर सहित रु २५ मा बिहान ५ बजे देखि साँझ ५ बजे सम्म प्रयोग गर्न सकिने डे कम्बो प्याक र बेलुका १० बजे देखि भोलिपल्ट बिहान ७ बजे सम्म प्रयोग गर्न सकिने गरि दुई आकर्षक प्याकहरुबाट फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।
एनसेलका अनुसार डे कम्बो प्याकअन्तर्गत प्रिपेड ग्राहकले १०० एमबी डेटा र २०० मिनेटको अल नेट टक टाइम (अन्यकुनै पनि सेवाप्रदायकको नम्बरमा कल गर्न सकिने) प्राप्त गर्दछन् । यसैगरी ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स १ ह्यास वा एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २ ह्यास डायल गरि यो प्याक सुचारु गर्न सक्ने एनसेलले जनाएको छ । एनसेलले ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुचारु गर्न सक्ने जनाएको छ ।
एनसेलले बेलुकाको समयमा भ्वाइस तथा डेटा प्रयोग गर्न चाहने ग्राहकले २५० एमबी डेटा र २५० मिनेटको अल नेट टक टाइम भएको आकर्षक कम्बो प्याक रु २५ मा सुचारु गर्न सक्ने जनाएको छ । प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स १ एस्ट्रिक्स ६ ह्यास डायल गरि प्याक सुचारु गर्न सक्ने एनसेलले जनाएको छ । एनसेलले ग्राहकले एनसेल एपबाट पनि उक्त प्याक सुचारु गर्न सक्ने जनाएको छ ।
सुलभ दरमा आफ्ना ग्राहकलाई भ्वाइस तथा डेटा सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्घता अनुरुप एनसेलले यी आकर्षक एनसेल इन्डलेस कम्बो प्याकहरु ल्याएको हो । एनसेलले यो योजना अन्तर्गतका प्याकले ग्राहकलाई सुलभ दरमा आफ्ना साथीभाई तथा परिवारसँग जुनसुकै नेटवर्कमा सहजै सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास लिएको छ ।
यो पनि पढ्नुहोस् :
विविध सुविधासहित एनसेलद्वारा लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न !