१९ जेष्ठ २०८०, शुक्रबार

सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा नेपाल टेलिकमको नयाँ अफर



नेपाल टेलिकमको नयाँ अफर

नेपाल टेलिकमले चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ०७९ का अवसरमा नेपाल टेलिकमको नयाँ अफर ल्याएको छ । टेलिकमले सूचना तथा सञ्चार प्रविधि दिवसलाई लक्षित गर्दै अनलिमिटेड डेटा र भ्वाइससहित कम्बो प्याक, डेटा प्याक र बोनस अन रिर्चाज उपलब्ध हुने अफर ल्याएको हो ।

उक्त अफरअन्तर्गत ग्राहकले तीन दिन सम्म प्रयोग गर्न सक्ने ६ जीबी डेटा प्याक ९८ रुपैयाँमा खरिद गर्न सक्नेछन् । त्यस्तै २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डेटा र अन–नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक ४९ रुपैयाँमा ५० प्रतिशत छुटसहित उपलब्ध गर्न सकिने कम्पनीले जनाएको छ ।
टेलिकमले उक्त अफर हिजोबाट सञ्चालनमा ल्याएको छ ।

उक्त अफर एक सातासम्म चल्ने कम्पनीले जानकारी गराएको छ । यसका साथै टेलिकमले २०० देखि ४९९ सम्मको एमपोस रिर्चाज गर्दा दुई दिसम्म प्रयोग गर्न सकिने एक जीबीको डेटा प्याक र ५०० तथा सो भन्दा बढीको एमपोस रिर्चाजमा चार दिन सम्म प्रयोग गर्न सकिने दुई जीबी डेटा प्याक पाइने कम्पनीले उल्लेख गरेको छ ।

यो पनि पढ़नुहोस्

Alexa Ranking बन्द, कुन-कुन थिए बन्द हुनु अघिका टप ५० वेबसाइटहरु ?


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा

१५  जेठ, काठमाडाैँ । आइतबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच

१५ जेठ, लुम्बिनी। बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार सोमबारदेखि व्यावसायिक रुपले