Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
अपडेट

नेपाल टेलिकमका आधाभन्दा बढी इन्टरनेट प्रयोगकर्ता थ्रीजी प्रयोग गर्न बाध्य !

नेपाल टेलिकमका आधाभन्दा बढी इन्टरनेट प्रयोगकर्ता थ्रीजी प्रयोग गर्न बाध्य !
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

नेपालमा मोबाइल फोनको प्रयोग बढेसँगै इन्टरनेट प्रयोगकर्ता पनि बढेका छन्। पछिल्लो समयमा फोरजी प्रयोगकर्ता बढिरहेकाले थ्रीजीलाई फोरजीले विस्थापित गर्दै लैजाने विश्वास पनी गरिएको छ । गत माघ २०७८ सम्मको विवरणका आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको ‘एमआईएस प्रतिवेदन’का अनुसार टेलिकमका १ करोड ९३ लाख डेटा प्रयोगकर्तामध्ये ९९ लाख ९५ हजार प्रयोगकर्ता थ्रीजीमै आश्रित छन् । टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या ९३ लाख ०८ हजार पुगेको छ।

नेपाल टेलिकमले फोरजी सेवाको विस्तार गरिरहेपनि अझै पनि धेरै प्रयोगकर्ता थ्रीजी नै प्रयोग गर्न बाध्य छन् ।चौथो पुस्ताको मोबाइल सेवा फोरजी प्रयोगकर्ताको संख्यामा नेपाल टेलिकमले एनसेललाई उछिने पनि एनसेलको थ्रीजी प्रयोगकर्ताको संख्या टेकिलमको भन्दा कम छ।

एनसेलका १९ लाख ९७ हजार सब्स्क्राइबरले थ्रीजी चलाउँछन् । एलसेलको फोरजी प्रयोगकर्ताको संख्या ६५ लाख ४९ हजार पुगेका छन्।

फोरजी सेवामा लामो समय एनसेलले नै वर्चस्व कायम गरेको थियो । नेपाल टेलिकमले चार वर्षपछि भदौ २०७७मा महिनामा मात्रै फोरजी सेवामा निजी सेवाप्रदायक एनसेललाई उछिनेको थियो ।

टेलिकमले १७ पुस २०७३ गतेदेखि काठमाडौं र पोखरामा फोरजी सेवा उपलब्ध गराउन थालेको थियो । तर, टेलिकमभन्दा ५ महिनापछि ९१७ जेठ, २०७४० फोरजी सेवा थालेको एनसेलले शुरुआतमै तीव्र रुपमा देशभर नेटवर्क विस्तार गरेर सेवा दिएपछि टेलिकम तत्कालै ग्राहक संख्यामा पछि परेको थियो । एनसेलले शुरुआतमै ४० मुख्य शहरबाट थ्रीजी नेटर्वकको अपग्रेड गरेर सेवा थालेको थियो ।

तर, टेलिकमलाई काठमाडौं र पोखराबाहेकका क्षेत्रमा सेवा विस्तारका लागि ठेक्का लगाउन मात्रै २ वर्ष समय लागेको थियो । २०७५ माघमा टेलिकमले एक वर्षभित्र फोरजी सेवा देशभर पुर्‍याउने भन्दै दुई चिनियाँ कम्पनीलाई ठेक्का दिए पनि काम भएन । टेलिकमका अरु परियोजना जस्तै फोरजी विस्तारको काम पनि अलमलमा फस्दा एनसेलले ठूलो संख्यामा ग्राहक बटुलिसकेको थियो ।

टेलिकमले बजार मूल्यभन्दा महँगोमा ठेक्का लगाउन खोजेको भन्ने विवाद अख्तियारसम्म पुगेको थियो । बोलपत्र लिइसकेको ठेक्का प्रक्रिया अघि बढाउने वा नयाँ लागत मूल्य तयार गरेर अर्को ठेक्का प्रक्रियामा जाने राय अख्तियारले सञ्चार मन्त्रालयलाई दिएको थियो ।

तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ३६ महिनाको परियोजनालाई १२ महिनामै सक्ने शर्तमा दुई चिनियाँ कम्पनीलाई ठेक्का लगाउन सहमति दिएका थिए । छिटो विस्तार सक्दा त्यसबाट टेलिकमले छिटै लगानी उठाउने र लागत महँगो भए पनि लाभ हुने बास्कोटाको तर्क थियो ।

टेलिकमले फोरजी सेवा विस्तारका लागि चिनियाँ कम्पनी जेडटीई कर्पोरेसन र हङकङको सीसीएसआई कम्पनी ९हुवावे०सँग गत माघमा १८ अर्बको सम्झौता गरेको थियो ।

तर, ठेक्का भएर काम शुरु भएपछि पनि टेलिकमले तीव्र गतिमा नेटवर्क विस्तार गर्न सकेन । २०७६ फागुनसम्म फोरजी विस्तारको सबै काम सकिनुपर्थ्यो । २०७६ फागुनपछि ६ महिनामा काम सक्ने भनेर टेलिकमले ठेक्काको समय थपेको थियो । तर, २०७७ असारमा पनि नसकिएपछि पटक–पटक म्याद थप्दै आयोजना लम्ब्याइरहेको छ ।

नेपालमा जनसंख्याको करिब २८ प्रतिशत ९ ८० लाख० प्रयोगकर्ता तारसहितको इन्टरनेट चलाउँछन् भने जनसख्याको ९७ प्रतिशत व्यक्तिहरुले मोबाइल इन्टरनेट सब्स्क्राइब गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?