ब्राजिलियन नैनोटेक्नोलोजी नेसनल ल्याबोरेटरी रिसर्चले मान्छेले नभई बोटबिरुवाले लगाउन मिल्ने स्मार्टवाच निर्माण गरेका छन् । जसले उनीहरुलाई चाहिने पानीको मात्रा र समयबारे सूचना दिनेछ ।
डेलीमेलको रिपोर्ट अनुसार ब्राजिलका वैज्ञानिकले बनाएको स्मार्टवाचले मान्छेले प्रयोग गर्ने स्मार्टवाचसरह नै काम गर्छ । मान्छेले नाडीमा घडी बाँधे जसरी बिरुवाको पातमा स्मार्टवाच सेन्सर लगाउन सकिन्छ । दुवै घडीले इलेक्ट्रिकल एक्टिभिटीको माध्यमबाट काम गर्छन् ।
अनुसन्धानका अनुसार स्मार्टवाचमा भएको सेन्सरलाई एप्लिकेसन मार्फत मोबाइल फोनमा कनेक्ट गर्न मिल्ने गरी निर्माण गरिएको छ । यो एप्लिकेसनले बिरुवाको सम्पूर्ण तथ्यांक वायरलेस प्रविधिबाट ट्रान्सफर गर्छ । यसबाट बिरुवामा पानीको मात्रा रेखदेख गर्न सकिन्छ ।