१६ माघ २०७९, सोमबार

Logo

२७ वर्षपछि बन्द भयो इन्टरनेट एक्स्प्लोरर, फ्यानले बनाइदिए समाधिस्थल



७ असार,  एजेन्सी । कम्पयुटरसँग परिचित सबै व्यक्तिहरूले पक्कै माइक्रोसफ्टको इन्टरनेट एक्स्प्लोरर ब्राउजर चलाएका छन्। इन्टरनेटसँग सम्बन्धित काम गर्न वा अन्य ब्राउजर डाउनलोड गर्न भएता पनि प्रयोगकर्ताहरूले यसको प्रयोग अवश्य नै गरेका छन्।

सोही इन्टरनेट एक्स्प्लोरर सुरूवात भएको करीब ३ दशक अर्थात् २७ वर्षपछि बन्द भएको छ। माइक्रोसफ्टले जुन १६ तारिखदेखि यो ब्राउजर पूर्ण रूपमा बन्द गरेको छ।

यो ब्राउजर बन्द भएकोप्रति दुःख व्यक्त गर्दै यसका एक फ्यानले भने अन्तिम संस्कार गरी समाधि पत्थर नै बनाएका छन्। कोरियाका सफ्टवेयर इन्जिनियर जंक कि युंगले इन्टरनेट एक्स्प्लोररको संझना स्वरूप समाधि पत्थर बनाएका हुन्।

अहिले उनले बनाएको उक्त समाधि पत्थर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनले समाधि पत्थरमा इन्टरनेट एक्स्प्लोरर अन्य ब्राउजर डाउनलोड गर्नका लागि उपयोगि भएको भन्दै व्यंग्यात्मक सन्देश पनि लेखेका छन्।

अधिकांश विन्डोजका प्रयोगकर्ताहरूले यो ब्राउजर उपयोग नभएका कारण अन्य ब्राउजर डाउनलोड गर्न मात्रै इन्टरनेट एक्स्प्लोरर प्रयोग गर्ने गरेका थिए। अहिले पनि माइक्रोसफ्टको ‘माइक्रोसफ्ट एज’ ब्राउजर भएता पनि धेरैले गुगल क्रोम प्रयोग गर्ने गरेका छन्।

रोयटर्समा प्रकाशित रिपोर्टका अनुसार युंगले बनाएको उक्त समाधि पत्थर दक्षिण कोरियाको ग्येओन्ग्जु शहरमा रहेको छ।

माइक्रोसफ्ट अहिले इन्टरनेट एक्स्प्लोररबाट माइक्रोसफ्ट एजमा परिवर्तन भएको छ। त्यस्तै, माइक्रोसफ्टले माइक्रोसफ्ट एज नै भविष्य भएको पनि प्रस्ट पारिसकेको छ।

अधिकाशंक प्रयोगकर्ताहरूले गुगल क्रोम, ब्रेभ र ओपेरा मिनि ब्राउजर चलाउने भएता पनि माइक्रोसफ्ट एजले पनि बिस्तारै लोकप्रीयता कमाइरहेको छ।


१६ माघ, काठमाडाैँ। पूर्व प्रेमिकाको चरित्रहत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन्। फेसबुकमार्फत चिनजान

माघ १५ ,काठमाण्डौ। सिजी नेटद्वारा उपलब्ध गराइने इन्टरनेट सेवाहरू ठप्प भए सँगै इन्टरनेट सर्भिस

१४ माघ, काठमाडाैँ। करीब तीन घण्टा डाउन भएका अधिकांश सरकारी वेबसाइट सञ्चालनमा आएका छन्। शनिबार

१२ माघ, पाल्पा। पाल्पाको रामपुर नगरपालिकाको कार्यालयमा डिजिटल प्रविधिको नागरिक वडापत्र राखिएको छ । कार्यालयमा