७ चैत्र २०७९, मंगलवार

यस्तो छ ‘नथिङ फोन १’को डिजाइन(भिडियो सहित)



८ असार, एजेन्सी । अहिले सार्वजनिक हुने चर्चामा रहेको ‘नथिङ फोन १’को भिडियो सार्वजनिक भएको हो। युट्युबमार्फत एक प्रयोग कर्ताले उक्त फोनको भिडियो सार्वजनिक गरेका हुन्।

सार्वजनिक भएको भिडियोमा नथिङ फोन आकर्षक र नाैलो देखिएको छ। पछाडी भएको एलइडी लाइटले फोनमा आकर्षण थपिदिएको छ।

युट्युबमा चर्चित नाम मार्किस ब्रन्लीले नथिङ फोनको भिडियो (MKBHD) युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्। उनको भिडियोले यो फोनको प्रतीक्षामा रहेका धेरैको भोक मेटाइदिएको छ।

युट्युबमा सार्वजनिक गरिएको भिडियो फोनको बाहिरी बनावटमा केन्द्रित छ। त्यस्तै, आन्तरिक हार्डवेयरका बारेमा भने केही बताइएको छैन्।

यो फोनको क्यामेरा वरीपरी आकर्षक एलइडी लाइट जडान गरिएको छ। त्यस्तै, वायरलेस चार्जिङ लगायत अन्त ठाउँमा पनि एलइडी लाइट देख्न सकिन्छ।

मार्किस ब्रन्ली उक्त एलइडी लाइट नोटिफिकेशनबारे जानकारी दिन प्रयोग गरिएको छ।

 


६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

४ चैत, दैलेख । नौमूले गाउँपालिकाका खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’ राखिएका छन् । खानेपानी

१ चैत ,गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाउनेलाई रु २५