१५ असार, गुगलले ह्याङआउट्स बन्द गर्ने भएको छ। आगामी नोभेम्बरदेखि ह्याङआउट्स बन्द गर्ने गुगलले जानकारी दिएको छ। च्याटका लागि ह्याङआउट्स प्रयोगकर्ताहरूमाझ लोकप्रीय थियो।
गुगलले गत वर्ष नै ह्याङआउट्सको ठाउँमा गुगल च्याट ल्याइसकेको छ। गुगल च्याट सार्वजनिक भएसँगै ह्याङआउट्स बन्द हुने अनाैपचारिक रूपमा सार्वजनिक भइसकेको थियो।
अहिले आधिकारिक रूपमा नै ह्याङआउट्स बन्द गर्ने बताउँदै गुगलले च्याटमा स्थानान्तरित हुन प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ।
गुगलले एक ब्लगमा ह्याङआउट्सका प्रयोगकर्ताहरूले च्याटमा स्थानन्तरित हुन अनुरोध सहितको सन्देश पाउने बताएको छ।
मेलमार्फत वेबमा ह्याङआउट्सका प्रयोगकर्ताहरूले जुलाईसम्म च्याटमा स्विच गर्ने सन्देह देख्ने छैनन्। यो एप डेस्कटप साइटमा नोभेम्बरसम्म उपलब्ध हुनेछ।
प्रविधिमा चर्चित नाम गुगले एप बन्द गर्नु अघि कम्तिमा एक महिना अगावै प्रयोगकर्ताहरूलाई चेतावनी दिने बताएको छ।
गुगल च्याट जिच्याट वा गुगल टक जस्तो होइन। त्यो एप पनि यस महिनाको सुरुमा बन्द गरिएको थियो। २०१८ मा गुगलले ह्याङ्गआउट्सबाट प्रयोगकर्ताहरूलाई च्याटमा स्थानान्तरण गर्ने योजनाहरू संकेत गरेको थियो। २०२० मा यो सुविधा सबैका लागि निःशुल्क थियो।
अर्को महिनादेखि जिमेलमार्फतका ह्याङ्गआउट प्रयोगकर्ताहरू आँफै च्याटमा अपडेट हुनेछन्। रिपोर्टहरूका अनुसार गुगल ह्याङ्गआउट्स नोभेम्बर २०२२ मा सँधैका लागि बन्द हुनेछ। त्यसपछि यो प्लेटफर्म उपलब्ध हुनेछैन।
सबै गुगल ह्याङ्गआउट्स च्याटहरू च्याटमा स्थानान्तरण गरिनेछ। प्रयोगकर्ताहरूले एप बन्द हुनु अघि सबै च्याटहरू स्थानान्तरणका लागि गुगल टेकआउट प्रयोग गर्न सक्छन्।