२३ जेष्ठ २०८०, मंगलवार

एप्पललाई एन्ड्रोइड डिभाइसँग मिल्ने चार्जर निर्माणका लागि निर्देशन दिने तयारीमा ब्राजिल



१६ असार, काठमाडाैँ । विश्वका केही मुलुकहरूले एप्पलका डिभाइसका चार्जर अन्यसँगै मिल्ने बनाउन निर्देशन दिइसकेका छन्। त्यस्तै, ब्राजिलले पनि आइफोनलाई चार्जिङ प्रणाली अन्य डिभाइसको जस्तै बनाउन निर्देशन दिनेबारे सोचिरहेको छ।

त्यसैगरी, एप्पलले अपडेटका बाबजुद पनि आइप्याडमा होम हव सपोर्ट गर्ने घोषणा गरिसकेको छ। तर, नयाँ आर्किटेक्चर भने सपोर्ट नगर्ने निश्चित गरिसकेको छ।

युरोपियन युनियनले युरोपमा एप्पललाई आइफोनको lightning connectorsको ठाउँमा USB-C प्रयोग गर्न निर्देशन दिएपछि विश्वभर यस्तै निर्देशनको सुरूवात भएको थियो।

इयुले २०२४ सम्म सबै आइफोनको चार्जर USB-C प्रयोग गर्न निर्देशन दिएको छ।

विश्वमा इलेक्ट्रिकल सामग्रीहरूको फोहोर कम गराउने उद्देश्यले एप्पललाई USB-C प्रयोग गर्न निर्देशन दिइएको हो। त्यस्तै, ग्राहकहरूको सहजताका लागि समेत दिइएको यो निर्देशन अब विश्वव्यापी हुने संकेत देखिएको छ।

ब्राजिलमा सञ्चालित टेक्नोब्लगका अनुसार ब्राजिलको उपभोक्ताको अधिकार नियम गर्ने निकाय दि एनाटेलले ब्राजिलमा बिक्री हुने सबै स्मार्टफोनहरूले USB-C चार्जर प्रयोग गर्नुपर्ने माग राखेको छ।

तर, वायरलेस चार्जिङ सिस्टम भएका डिभाइसहरूका लागि भने यो नियम बाध्यकारी नहुने बताइएको छ।


२३ जेठ, एजेन्सी । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको

२३ जेठ, काठमाडाैँ । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै

२२ जेठ, काठमाडाैँ । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै

२१ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न