१२ मंसिर २०७९, सोमबार

Logo

प्रयोगकर्ताहरूका लागि नयाँ सुविधा थप्दै ह्वाट्सएप



२० असार, काठमाडाैँ । म्यासेजिङका लागि चर्चित सामाजिक सञ्जाल ह्वाट्सएपले नयाँ सुविधा थप गर्ने भएको छ। WaBetaInfo को एक रिपोर्ट अनुसार मेटाको स्वामित्व रहेको ह्वाट्सएपले केही समयमा नै नयाँ सुविधा तप गर्न लागेको हो।

WaBetaInfo को रिपोर्ट अनुसार ह्वाट्सएपले कुनै व्यक्ति अनलाइन भएको वा नभएको अवस्था (online status) लुकाउन सक्ने सुविधा ल्याउन लागेको हो।

यस सुविधा अन्तर्गत प्रयोगकर्ताहरूले निश्चित व्यक्तिहरूलार्इ अाफुँ अनलाइन भएको वा नभएको बारेमा जानकारी दिन सक्नेछन्।

ह्वाट्सएपमा दुई नयाँ विकल्पहरू प्रयोग गरेर तपाईंको अनलाइन स्थिति कसले देख्छ भनेर नियन्त्रण गर्न सम्भव हुने बताइएको छ। त्यसका लागि ह्वाट्सएपले Everyone and Same as Last Seen विकल्प ल्याउने तयारी गरिरहेको छ।

Everyone तपाईँको पूर्वनिर्धारित सेटिङ हो र नामले संकेत गरे जस्तै, तपाईँको सम्पर्क सूचीमा रहेका सबैले तपाईँ अनलाइन हुँदा हेर्न सक्षम हुनेछन्। त्यस्तै, Same as Last Seen मा भने तपाईंको स्थिति अब सम्पर्क सुचीमा नभएकाहरूलाई देखाइने छैन। तपाईंले आफ्नो सम्पर्क सूचीमा रहेका व्यक्तिहरूलाई तपाईंको सम्पर्क सूचीबाट म्यानुअल रूपमा चयन गरेर तपाईंको स्थिति हेर्न पाउने व्यक्तिहरूलाई पनि नियन्त्रण गर्न सक्नुहुनेछ।

तपाईँले नयाँ विकल्प My Contacts except चयन गरेर तपाईले आफ्नो स्थिति कसलाई लुकाउन चाहनुहुन्छ भनेर छनौट गर्न सक्नुहुन्छ।

तपाईंसँग कसैलाई पनि तपाईंको स्थिति हेर्नबाट रोक्ने विकल्प  समेत हुनेछ। यसका लागि nobody भन्ने विकल्प छनाैट गर्नु पर्ने हुन्छ।

विकासकै क्रममा भएका कारण यो सुविधा अहिले नै परीक्षणको अवस्थामा भने गइसकेको छैन।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन