Trending:

भैसेपाटीमा युवालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित इभि वितरण कार्यक्रम सम्पन्न ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशनमा , सस्तो, सुरक्षित र व्यावसायिक लगानीको अवसर बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्म फेस्टिभलकालागि एसियाली आवेदन खुल्ला हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध पृथ्वी नजिक सर्ने प्रमुख क्षुद्रग्रहहरू: जोखिम, अनुसन्धान र अन्तरिक्ष मिशनको प्रगति इभीमार्फत १००० युवालाई स्वरोजगार अवसर एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक टिएम१ का १ सय भन्दा बढी युनिटहरू सडकमा गुड्दै:नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’ प्रायोजक बन्यो टीभीएस अपाचे एलएस अटोको नयाँ अल ह्वील ड्राइभ ‘एलईभी-एक्स’ नेपालमा चाँडै सार्वजनिक हुँदै फोनपे सँगको सहकार्यमा कुमारी बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सार्वजनिक एसईई २०८१ को नतिजा अब सिधै मोबाइलमा उपलब्ध विदेशमा रहेका नेपालीको लागि दुईवटा मोबाईल एप सञ्चालनमा डेभलपर्सका लागि गुगलको नयाँ टूल ‘जेमिनाई सीएलआई’ सार्वजनिक खल्तीले सुरु गर्‍यो ‘स्मार्ट डिपोजिट’ नेपालगञ्जमा हुन्डाईको नयाँ क्रेटा ईभी सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट इन्फिनिक्सको गेमिङ स्मार्टफोन ‘जीटी ३० प्रो’ नेपाली बजारमा भव्य रूपमा सार्वजनिक फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो पिकअपको नेपालमा आधिकारिक सुरुवात बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित त्रिविका १० सेवा अब अनलाइनमार्फत उपलब्ध हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सरकारको चेतावनी बेवास्ता गर्दै मेटा नेपालमा अझै दर्ता भएन आईएमई डिजिटल र खल्ती मर्ज, अब ‘आईएमई खल्ती लिमिटेड’ बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा डेब्यु गर्न तयार लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा टुनल्याण्ड जी सेभेनको ऐतिहासिक यात्रा: ८ दुर्गम गन्तव्य, २३ दिन र एक विश्व रेकर्ड एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक एप्पलको नयाँ अपडेट: आईओएस २६ सार्वजनिक यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना एप्पलको डब्लुडब्लुडीसी २०२५ कार्यक्रम भोलिदेखि सुरु भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल: विशेष छुट र थप आकर्षक उपहारहरु ! कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिब स्टेशन सञ्चालन स्मार्टफोन मर्मत सहज बनाउन ७ वर्षसम्म पाटपुर्जा उपलब्ध गराउने नियम लागु हुँदै
अपडेट

खेर गएको प्लास्टिकबाटै उत्पादन हुन्छ पेट्रोल, डिजेल र मट्टीतेल

खेर गएको प्लास्टिकबाटै उत्पादन हुन्छ पेट्रोल, डिजेल र मट्टीतेल
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 4 मिनेट

२२ असार, काठमाडाैँ । हरेक दिन एकजना व्यक्तिले ३१७ किलोग्राम फोहोर उत्पादन गर्छ । एसियाली विकास बैंकको सहयोगमा फोहोर मैला व्यवस्थापन तथा प्रशोधन केन्द्रले तयार पारेको विवरण हो । यो विवरण सन् २०१३ को हो । पछिल्ला दिनमा आइपुग्दा यसमा केही परिवर्तन भएको छ । एक जनाले दैनिक आधा किलो अर्थात् ५०० ग्राम बराबरको फोहोर उत्पादन गर्छ । त्यो फोहोरमा प्लास्टिकको मात्रा १२ प्रतिशत बराबर रहन्छ ।

काठमाडौँ उपत्यकाभित्र मात्रै दैनिक एक हजार १४० मेट्रिक टन बराबरको फोहोर उत्पादन हुन्छ । त्यो फोहोर कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा सधैँको रडाको हुने गरेको छ । फोहोर विसर्जन गर्ने स्थानमा काठमाडौँ महानगरपालिकाले जबर्जस्ती गरेको गुनासो छँदैछ । फोहोर व्यवस्थापन नहुँदा काठमाडौँको सडक दुर्गन्ध हुने गरेको छ भने फोहोर व्यवस्थापनकै लागि करोडौँ रुपैयाँ खर्च पनि भइरहेको छ ।

सरकारले महानगरपालिकाको फोहोरलाई दीर्घकालीन रुपमा समाधान गर्ने नीति ल्याउने र कार्यान्वयन गर्ने हो भने फोहोरलाई सजिलै मोहोर बनाउन सकिन्छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वरिष्ठ वैज्ञानिक डा रवीन्द्र ढकालका अनुसार त्यत्तिकै खेर फालिएको प्लास्टिकजन्य फोहोरबाटै दैनिक तीन लाख ४२ हजार लिटर बराबरको इन्धन उत्पादन गर्न सकिन्छ ।

नेपाल आयल निगमले इन्धन आयात गर्न नसकिने अवस्थामा पुगेको जनाइरहेको छ । पेट्रोलको प्रतिलिटर मूल्य रु १८१ पुगेको छ । त्यस्तै डिजेल प्रतिलिटर रु १७२ बराबर पुगेको छ ।

वरिष्ठ वैज्ञानिक डा ढकालसँग राससको जिज्ञासामा उनले भने, “सम्भव छ । सकिन्छ ।” काठमाडौँ उपत्यकामा उत्पादन हुने फोहोरमध्ये ५७० टन फोहोर प्रशोधन हुन सक्छ । बाँकी रहेको ५७० टन प्लास्टिकजन्य फोहोर प्रशोधन गर्ने हो भने दैनिक ३४२ किलोलिटर इन्धन उत्पादन हुन सक्छ । त्यो भनेको तीन लाख ४२ हजार लिटर बराबर हो ।

उनका अनुसार प्लास्टिकको प्रशोधनबाट उत्पादन हुने इन्धनमा पेट्रोल, डिजेल र मट्टीतेल तीनवटै हुन्छ । यसबाट वातावरण पनि सफा हुन्छ । घरमै इन्धन उत्पादन हुन्छ र विदेशी मुद्राको सञ्चिति पनि हुन जान्छ । नास्टले प्लास्टिकबाट इन्धन निकाल्ने प्रणालीको जडान सन् २०१६ मा नै गरेको हो । त्यतिबेला प्लास्टिकबाट इन्धन निकाल्नेसम्बन्धी द्विपक्षीय समझदारीमा नास्टका तत्कालीन प्रविधि सङ्कायका प्रमुख डा सुरेशकुमार ढुङ्गेल र इको पाटी जापानका अध्यक्ष चिसेको मात्सुमोतोले हस्ताक्षर गरेका थिए ।

नेपालमा यो प्रविधि नयाँ भए पनि संसारका विकसित मुलुकका लागि भने पुरानै हो । इको पाटी जापानले उपलब्ध गराएको प्रविधि र उपकरणबाट नास्टमा इन्धन निकाल्ने प्रविधिमा काम भइसकेको छ । सुरुमा जडान गरिएको प्रविधिबाट एक किलो प्लास्टिकबाट करिब एक लिटर कच्चा इन्धन निकालिएको थियो । हाल नास्टमा १० किलो प्लास्टिक प्रशोधन गर्ने मेशिनसमेत छ ।

डा ढकालका अनुसार सरकारले लगानी गर्ने हो भने ठूलो मात्रामा बाहिरिएको विदेशी मुद्राको सञ्चिति कायम राख्न सकन्छि । “हामी स्रोत र साधन भएर पनि गरिब भएका छौँ र क्रमशः परनिर्भर बन्दै गएका छाँै । खोलामा बगाएर वा डढाउने गरिएको प्लास्टिकबाट इन्धन उत्पादन गर्न सकिन्छ । सरकारलाई मेरो आग्रह छ । यसमा काम गर्न ढिला भइसक्यो,” उनले भने ।

प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि नेपाल भित्रिएको लामो समय भए पनि त्यसमा काम भने अगाडि बढ्न सकेको छैन । सीमा नाकामा अवरोध भएको बेला यस विषयले प्राथमिकता पाउने गर्दछ भने इन्धन आयात सहज भएपछि यो विषय हराएर जाने गरेको छ ।

यतिबेला रुस र युक्रेनबीच चलेको युद्धको बाछिटा नेपालमा पनि परेको छ । विदेशी मुद्राको सञ्चिति घट्ने प्रमुख कारणमा इन्धन आयात पनि एक हो । नेपाल आयल निगमको विवरणअनुसार चालु आवको ११ महिनामा नै झन्डै रु दुई खर्ब ५० अर्ब बढीको इन्धन आयात भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उकालो लाग्दा देशभित्र महङ्गीको ग्राफसमेत उकालो लाग्छ ।

इन्धनको मूल्य बढ्दा त्यसले हरेक क्षेत्रमा प्रभाव पार्छ । सरकारले सात प्रतिशतको हाराहारीमा सीमित गर्ने भनेको मुद्रास्फीति दोहोरो अङ्कमा पुग्ने सम्भावना बढेर गएको छ । त्यसलाई रोक्न पनि सरकारले केही आन्तरिक तयारी गर्नु जरुरी भइसकेको छ । इन्धनमा देखिएको सङ्कटको केही हदसम्म भए पनि खेर जाने प्लास्टिकबाट गर्नेतर्फ ध्यान जानु आवश्यक छ ।

सामान्यतः एक किलोग्राम प्लास्टिकबाट ७०० मिलिलिटर पेट्रोल उत्पादन गर्न सकिन्छ । नास्टका वैज्ञानिकसमेत रहनुभएका डा ढकालका अनुसार सामान्य पानीको बोत्तल एक किलोग्राम प्रशोधन गर्दा ७०० मिलिलिटर कच्चा इन्धन उत्पादन हुन्छ भने सोही बोतलको बिर्को प्रयोग गर्दा ८०० मिलिटरसम्म कच्चा इन्धन उत्पादन हुन सक्छ ।

प्लास्टिकको मात्रा र गुणस्तरका आधारमा इन्धन के कति परिमाणमा उत्पादन हुन्छ भन्ने कुराको निर्धारण हुन जान्छ । प्लास्टिकले वातावरण प्रदूषणमा पनि उल्लेख भूमिका निर्वाह गरिरहेको छ । नास्टले त्यसबाट इन्धन निकाल्ने प्रविधि पनि ल्याएपछि प्लास्टिक सार्वजनिक स्थानमा नफाल्न र पुनः प्रयोगका लागि सङ्कलन गर्न आग्रह पनि गरियो तर त्यसमा कुनै ठोस काम भएन ।

सरकारले चाहने हो भने ठूलो मात्रामा इन्धन निकाल्ने प्रविधि केही समयभित्रै जडान गर्न सकिने डा ढकालको भनाइ छ । सम्भव छ, गर्न सकिन्छ र इन्धन उत्पादन हुन्छ भन्ने विश्वास आम रुपमा भइसकेको छ । प्लास्टिकजन्य फोहोर जलाउँदा निष्कासन हुने कार्बनडाइअक्साइड तथा फ्युरानजस्ता विषाक्त ग्यासले क्यान्सरजन्य रोग निम्त्याउने, माटोको उर्वराशक्ति घटाउने, जमिनमा पानी रिचार्ज हुन नदिने, सहरको सौन्दर्य घटाउने, जस्ता समस्या हामी आफैँले भोग्दै आएका छौँ ।

हिमालबाट सुरु भई प्लास्टिक प्रदूषण समुद्रसम्म पुग्ने भएकाले त्यसलाई नियन्त्रण गरी वातावरण संरक्षण गर्न पनि प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि नेपाल जस्ता देशका लागि झनै उपयुक्त हुन जान्छ । जापानले यसमा ठूलो प्रगति गरेको छ । दक्षिण अफ्रिका, अमेरिका, क्यानडा जस्ता मुलुकमा प्लास्टिकबाट व्यावसायिक रुपमा इन्धन उत्पादन गरिएको छ ।

काठमाडौँ उपत्यकाभित्र दुईवटा महानगर छन् । फोहोर उत्पादन हुने प्रमुख थलोका रुपमा ती महानगर नै परिचित छन् । यस्तै अन्य स्थानीय तहको समेत फोहोरलाई प्रशोधन गरेर इन्धन निकाल्ने उपायको खोजी गर्न धेरै ढिला भइसकेको जानकारी दिँदै डा ढकालले भने, “सरकारको साथ र सहयोग रहने हो भने यसमा निजी क्षेत्रको पनि उत्तिकै चासो रहन सक्छ । एसियाली विकास बैंकले त यसमा लगानी गर्न इच्छुक रहेको बताइसकेको छ ।”

फोहोर व्यवस्थापनको विषय सहरी तथा सहरोन्मुख क्षेत्रको प्रमुख समस्याका रुपमा खडा भएको सन्दर्भमा सरकारले एउटा नमुना परियोजना नै सुरु गर्नुपर्ने सुझाव छ डा ढकालको । विराटनगर, वीरगञ्ज, नारायणगढ, पोखरा, दाङ, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर जस्ता ठूला सहरबाट सङ्कलन हुने प्लास्टिकजन्य फोहोरबाटै पनि दैनिक तीन लाख लिटरभन्दा बढी इन्धन उत्पादन गर्न सकिने उहाँको भनाइ छ । नेपाललाई आवश्यक पर्ने बराबरको इन्धन फोहोरबाटै उत्पादन गर्न सकिन्छ ।

काठमाडौँ उपत्यकाभित्र महानगर आफैँले पहल गरेको छैन, नास्टले मात्रै यसमा अनुसन्धान गरिरहेको छ । तर, उद्योग, वाणिज्य तथा आपूर्ति र ऊर्जा मन्त्रालयले यसमा विशेष चासो दिएर काम गर्नुपर्ने आवश्यकता छ । नसड्ने त्यसमा पनि प्लास्टिकजन्य फोहोरलाई इन्धन बनाउनेतर्फ कार्य थालनी गरे त्यसले फोहोर व्यवस्थापन पनि हुन्छ । विकल्प पनि तयार हुने देखिन्छ । खासगरी सहरी क्षत्रेमा प्लास्टिकजन्य फोहोर ठूलो समस्याका रुपमा रहेको छ ।

प्लास्टिकजन्य फोहोरबाट डिजेल, पेट्रोल, मट्टीतेल उत्पादन गर्न सकिन्छ । प्लास्टिकबाट डिजेल मात्रै निस्कन्छ भन्ने होइन भन्ने जानकारी दिँदै डा ढकाल विभिन्न रसायनिक प्रतिक्रिया गराएर फर्नाइस तेल पनि उत्पादन गर्न सकिने बताउँछन् । व्यावसायिक उत्पादनका लागि सरकार र निजी क्षेत्रलाई मार्ग प्रशस्त गर्न नास्टले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?