१२ मंसिर २०७९, सोमबार

Logo

सबैभन्दा ठूलो इन्टरनेट प्रदायकमा समस्या देखिँदा बैंक, एटीएम र हटलाइन सेवा प्रभावित



२५ असार, एजेन्सी । क्यानाडाको सबैभन्दा ठूलो मोबाइल र इन्टरनेट प्रदायकले ठूलो समस्याको सामना गरेको छ। जसका कारण बैंक एटीएम र आपतकालीन सेवा तथा हटलाइनहरू प्रभावित भएका छन्।

सरकारी कार्यहरू पनि रोजर्स कम्युनिकेसनको इस्युबाट प्रभावित भएका छन्। कम्पनीले देशव्यापी समस्या समाधान गर्न तीब्र गतिमा काम गरिरहेको जनाएको छ ।

के कारणले यो समस्या निम्तिएको हो भन्ने थाहा भएको छैन। यो समस्य १५ महिनामा दोस्रो पटक देखिएको हो।

इन्टरनेट निग्रानी संगठन नेटब्ल्कका अनुसार जिएमटी ४ः ३० बजेबाट समस्या सुरू भएको थियो। जसका कारण शुक्रबार बिहानसम्म इन्टरनेट ट्राफिक ७५ प्रतिशत भन्दा तल झरेको थियो।

रोजर्स लगभग १ करोड १० लाख क्यानेडियनहरूको मोबाइल संवाहक हो। यसको हिस्सा हक्की देखि केबल टेलिभिजनसम्म रहेको छ।

टोरन्टोको पुलिस विभागले गरेको ट्वीटका अनुसार केही मोबाइल फोन प्रयोगकर्ताहरूलाई आपतकालीन सेवाहरू कल गर्न समस्या भइरहेको थियो।

बन्दले राहदानी कार्यालय, अदालत र ट्रान्जिट भुक्तानी प्रणालीलाई पनि असर गरेको छ।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन