© 2021-2024
३० असार, एजेन्सी । बालबालिका र किशोरकिशोरीहरू अहिले युट्यबमा भन्दा टिकटकमा भिडियोहरू हेर्नमा बढी समय बिताइरहेको पाइएको छ। टेकक्रन्चले गरेको पछिल्लो अध्ययनबाट यो तथ्य सार्वजनिक भएको हो।
तर, सन् २०२० मा नै टिकटक युट्युबभन्दा अघि लागिसकेको थियो। त्यतिबेला औसतमा एक जनाले ८२ मिनेट टिकटकमा बिताउँदा ७५ मिनेट मात्रै युट्युबमा बिताएको पाइएको थियो।
सोही वर्षदेखि टिकटक युवा पुस्ताहरूमा हाबी भएको देखिएको छ। सन् २०२१ को अन्तसम्म औसतमा प्रति बालबालिका तथा किशोरहरूले ९१ मिनेट टिकटकमा भिडियो हेर्दा युट्युबमा जम्मा ५६ मिनेट बिताउने गरेको पाइएको छ।
पछिल्लो तथ्याङ्क बालबालिका तथा किशोरहरू केन्द्रित भएर गरिएको अध्ययनको निष्कर्षबाट निकालिएको हो। यो अध्ययनमा ४ लाख मानिस सहभागि भएको टेकक्रन्चले उल्लेख गरेको छ।