Trending:

गुगलले सार्वजनिक गर्‍यो ‘विलो’ नामक नयाँ क्वान्टम चिप आइएमई पेको ‘लोड, पे, विन’ अफर : बम्पर उपहारमा १०० प्रतिशत क्यासब्याक नेपालमा आयो टाटा म्याजिक बीएस–६ नबिल बैंकले सुरु गर्‍यो मुख्य कार्यालयबाट अपोइन्टमेन्ट बैंकिङ प्रणाली आइफोन विक्रीमा रहेको भनेर झुटो विज्ञापन राखेर ठग्ने ३ जना पक्राउ सामाजिक सञ्जालमा उमेर नपुगेका बालबालिकाको उमेर बढाएर खाता खोलि दिनुभएको छ? अकाउन्टिङलाई एआईमार्फत् रूपान्तरण गर्दै टिग सामसङ वान युआई ७ बेटा घोषणा हुन्डाई सान्टा एफई बन्यो ‘वर्ष कार २०२५’ सामसङको टिभी किन्दा ३१ प्रतिशतसम्म छुट इन्भर्टर मोटर र पावर स्टिम भएको सेन्सेई फ्रन्ट लोड वासिङ मेसिन नेपाली बजारमा एक्सपेंग मोटर्स अब पोखरामा देशैभरी फोरजीको सेवा विस्तार गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन नेटा एक्स बन्यो सबै भन्दा धेरै बिक्रि हुने ईभि इसेवाको ब्राण्ड प्रवर्द्धकको रुपमा रोहित कुमार पौडेलको निरन्तरता एससिटी–युपिआइ कार्डधारकहरूले सिभिल मलमा निःशुल्क पार्किङ गर्न पाउने सूचना-प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी गर्न सञ्चारमन्त्रीको आग्रह डिशहोमको इन्टरनेट जोड्दा तीन महिनाको बोनससहित निःशुल्क फाइभ–जी राउटर ‘टिकटक जस्तै अरु सामाजिक सञ्जाल सरकारको सूचीकरणमा आउनुपर्छ’ बजारमा रिचार्ज कार्ड अभाव भएकोबारे टेलिकमले के भन्यो? काठमाडौंमा डिजिटल राइट्स फेस्टिबल बीउबिजन वितरणमा प्रविधिको प्रयोगले कृषिमा सुधार हुनेछ : मन्त्री अधिकारी पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन अब देशभरका ५०० बढी सहकारीको खाताबाट पनि हाम्रो पे वालेटमा रकम लोड गर्न सकिने अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत ‘फोटोन ग्लोबल अवार्ड्स २०२४’ मा एमएडब्लू ग्रुपलाई दुईवटा अवार्ड फिनल्यान्डमा गुगलको डाटा सेन्टर विस्तार रुसद्वारा ‘कोन्डोर–एफकेए रडार’ उपग्रह प्रक्षेपण नेपाल टेलिकमले ल्यायो ‘एनटी क्रिकेट धमाका प्याक’ नेपालका चार आसीईटी कम्पनी एपिक्टा अवार्ड्स-२०२४ मा प्रतिस्पर्धा गर्दै वर्ल्डलिंक कम्युनिकेसन्समा फिनफण्डले एक अर्ब ४१ करोड लगानी गर्ने नामीको प्रारम्भिक मूल्य न्यूनतम २५ हजारदेखि मूल्य वृद्धि अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ इन-ड्राइभ चालकहरूको लागि आइएमई पेको नयाँ योजना शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले सञ्चालन गर्‍यो डीसी फास्ट चार्जिङ स्टेसन आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान
अपडेट

प्रविधिको प्रयोगमार्फत भुक्तानीको अभ्यास

प्रविधिको प्रयोगमार्फत भुक्तानीको अभ्यास
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

३० असार, बागलुङ । चालु आर्थिक वर्षको अन्तिम महिनाबाट बागलुङका अधिकांश स्थानीय तहले प्रविधिको प्रयोगमार्फत भुक्तानीको अभ्यास थालेका छन् । यहाँका स्थानीय तहले असार महिनादेखि स्थानीय तहबाट सम्पादन हुने कामको भुक्तानीका लागि ‘ई–पेमेन्ट सेवा’ सञ्चालनमा ल्याएका हुन् ।

स्थानीय तहको लेखा प्रणालीलाई पारदर्शी र जफावदेही बनाउन ई–पेमेन्ट सेवा सञ्चालनमा ल्याइएको हो । जिल्लाको ताराखोला, बरेङ, बडिगाड, काठेखोला गाउँपालिका, गलकोट, जैमिनी र बागलुङ नगरपालिकाले ‘पाइलट प्रोजेक्ट’को रुपमा ‘ई–पेमेन्ट सेवा’ सुरुआत गरेका हुन् । यो सेवा सुरु भएसँगै सेवाग्राहीलाई चेकका लागि घन्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । असार मसान्तको समयमा कार्यपालिकाको कार्यालयमा देखिने भीड ‘ई–पेमेन्ट सेवा’ले ह्वात्तै घटाएको छ ।

“असारमा पहिलो पटक हामीले ‘ई–पेमेन्ट सेवा’को सुरुआत गरेका छौँ, आगामी आर्थिक वर्षमा यो सेवा पूर्ण रुपमा सञ्चालनमा आउने छ”, बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले भने, “समयको बचत, पारदर्शीता र सहजताका लागि ‘ई–पेमेन्ट सेवा’ उपयोगी छ ।” योजना अनुसारका कागजात तयार गर्ने तर काम नगरी भुक्तानी लिने परिपाटीको अन्त्यका लागि पनि यो प्रविधि उपयोगी बन्ने उनले सुनाए ।

‘ई–पेमेन्ट सेवा’मार्फत सिधैँ सेवाग्राहीको बैंक खातामै पैसा स्थानान्तरण हुने भएकाले सेवाग्राहीलाई सहज रुपमा सेवा दिन सकिने जैमिनीका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले बताए । “कर्मचारी र उपभोक्ता दुबैलाई सहज हुने विधि हो यो, प्यान भएकाको यसै वर्षदेखि ‘ई–पेमेन्ट सेवा’मार्फत भुक्तानी भएको छ”, कोइरालाले भने,“अब चेक काट्ने विधिको अन्त्य हुन्छ, क्यास लेस, पेपर लेस बन्ने अभियानमा छाैँ ।”

काम सकेर भुक्तानी लिनको लागि कार्यालय पुगेपछि कार्यालय प्रमुख र लेखा शाखाको प्रमुख अनिवार्य कार्यालयमा हुनुपर्ने समस्याको पनि यो विधिले समाधान गर्नेछ । भुक्तानीको विवरण तयार भएपछि एक पटकका लागि प्रयोग हुने सङ्केत नम्बर प्रमुख प्रशासकीय अधिकृतको मोबाइल नम्बरमा जाने र सोही नम्बर प्रविष्ट गरेपछि लेखा अधिकृतले सिधैँ बैंक खातामा भुक्तानी दिन सक्ने व्यवस्था छ ।

सेवाग्राहीले पेस गरेका कागजपत्रका आधारमा भौचर उठाइ सोही आधारमा खातामा नगद रकम स्थानान्तरण गरिने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताउनुभयो । आर्थिक कारोबारको ‘डे क्लोजिङ’ हुने भएकाले हिसाब गर्न आर्थिक प्रशासन शाखाका कर्मचारीले विगतको जस्तो झन्झट व्यहोर्नु नपर्ने बताउँछन् । कार्यालयमा चेक लिन दिनुपर्ने समय, बैंकमा लाइन बस्नुपर्ने बाध्यता र एउटै चेक नगदमा परिणत गर्ने बेलासम्मका झण्झट उपभोक्तालाई कमी भएको उपभोक्ता बताउँछन् । स्थानीय तहको बजेट तर्जुमा लेखाङ्कन र प्रतिवेदन गर्ने प्रयोजनका लागि तयार गरिएको सफ्टवेयर स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमार्फत यो सेवा सञ्चालन गरिएको छ । स्थानीय तहले भुक्तानी लिन आउने जो–कोहीलाई आफ्नो बैंक खाताको चेकको फोटोकपी कागजातका साथ संलग्न गर्न अनुरोध गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?