Trending:

एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ? स्मार्ट च्वाइस् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी यस्तो छ वर्ल्डलिंकको राजश्व छलीसम्बन्धीको मुद्दामा सर्वोच्चको फैसला (पूर्णपाठसहित) एनसेलको शंकास्पद कारोवार: हुण्डी र ‘क्रिप्टो’ गरेको आशंका, अनुसन्धान गर्न माग [प्रमाणसहित] मानिसजस्तै सोच्न सक्छ एआईले ? एलजीका उत्पादनहरुमा ४० प्रतिशत सम्मको क्यासब्याक र पक्का उपहार !
इन्टरनेट

कसरी चल्छ इन्टरनेट सेवा? कहाँबाट लिन्छन् मुख्य प्रदायकहरूले इन्टरनेट?

कसरी चल्छ इन्टरनेट सेवा? कहाँबाट लिन्छन् मुख्य प्रदायकहरूले इन्टरनेट?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१८ साउन, काठमाडाैँ । इन्टरनेट एक विश्वव्यापी कम्प्यूटर नेटवर्क हो। यसले इन्टरनेट प्रोटोकल (IP) र ट्राफिक कन्ट्रोल प्रोटोकल (TCP)  प्रयोग गरेर फाइल र डाटालाई एक स्रोतबाट अर्को स्रोतमा पुर्याउछ। इन्टरनेट मार्फत डाटा वा सन्देशहरू पठाउनु अघि तिनीहरू सानो भागहरूमा विभाजित हुन्छन्, जसलाई प्याकेट भनिन्छ।

इन्टरनेट प्रोटोकल ​​(IP) नियमहरूको प्रणाली हो जसले इन्टरनेट जडान मार्फत जानकारी कसरी एक कम्प्युटरबाट अर्को कम्प्युटरमा पठाइन्छ भनेर नियन्त्रण गर्दछ। ट्रान्समिसन कन्ट्रोल प्रोटोकल (TCP) ले प्याकेटलाई इन्टरनेटमा पठाउनु अघि सहि क्रममा टुक्रिएर रहेको, गन्तव्य ठेगानामा पुग्नु अघि प्याकेटहरू सहि क्रममा पुन: मिलाइएका छन्, र डाटाको गुणस्तरमा नकारात्मक असर पार्ने कुनै ढिलाइ हुँदैन भन्ने कुरा सुनिश्चित गर्न मद्दत गर्छ।

इन्टरनेटलाई हाम्रो डिवाईसहरु बीचको भिन्नता पत्ता लगाउने तरिका चाहिन्छ र IP ठेगानाहरूले त्यो तरिका प्रदान गर्दछ। आईपी ​​ठेगाना (IP address) एउटा ठेगाना हो जसले इन्टरनेट वा स्थानीय नेटवर्कमा हाम्रो मोबाइल र अन्य डिभाएस पहिचान गर्न मद्दत गर्छ|

मानौ तपाइको कम्प्युटर एउटा घर हो भने IP ठेगाना हजुरको घरको पोस्टल ठेगाना जस्तै हो। इन्टरनेट एउटा हुलाके जस्तै मान्ने हो भने हजुरलाई डाटा पुर्याउन हुलाकेले हजुरको IP ठेगाना खोज्छ। त्यसैले IP ठेगाना इन्टरनेटमा डाटा आदानप्रदान गर्न अत्ति आवश्यक छ। तपाईंको IP ठेगाना सम्भवतः तपाईंको कम्पनी नेटवर्क वा ISP बाट आउँछ।

यसरी IP, TSP र IP address को मद्दतले मुख्य इन्टरनेट प्रदायक (ISP) ले ग्राहकलाई इन्टरनेट सेवा प्रदान गर्दछ।

अब प्रश्न आयो ISP ले चाहिँ इन्टरनेट कहाँबाट पाउछ?

विश्वभरका सबै ISP को समूहहरूले विभिन्न क्रम अनुसार आफ्नो काम गर्दै युजरसम्म इन्टरनेट पुर्याउने गर्छन्।इन्टरनेट सेवा प्रदायकको तीन तहका हुन्छ: टियर-१ ISP, टियर-२ ISP र टियर-३ ISP।

टाइर  १ का ISP हरुले समुद्री केबुल जस्ता भौतिक पूर्वाधारको स्वामित्व राख्नुको साथै तल्लो-स्तरीय ISPs मा सञ्जाल ट्राफिक पठाउने गर्छन्। टाइर  २ ISP हरु राष्ट्रिय वा क्षेत्रीय स्तरमा सञ्चालन भइरहेको हुन्छन् र तिनीहरूले टाइर  १ आइएसपीबाट प्राप्त हुने सञ्जाल ट्राफिकको प्रयोग गरी यसलाई तल्लो तहमा ग्राहकको अन्त्यमा पुर्याउँछन्। टाइर  ३ को काम उच्च आइएसपिबाट नेटवर्क ट्राफिकको प्रयोग गरेर घर तथा व्यवसायीमा पुर्याउनु हो। तिनीहरूले भौतिक केबुल, राउटर र स्विच प्रदान गरेर आफ्नो घर तथा कार्यालयहरूमा इन्टरनेट जडानको लागि आधारभूत संरचना उपलब्ध गराउँछन्।

तसर्थ, तपाईंको घरसम्म पुऱ्याउन क्षेत्रीयदेखि उच्च स्तरका आइएसपीहरूसँग मिलेर तपाईंको स्थानीय आइएसपीहरूले इन्टरनेट निकाल्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?