Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
टेक्नोलोजी

Virtual Reality (VR) के हो? किन बढ्दै छ महत्व ?

Virtual Reality (VR) के हो? किन बढ्दै छ महत्व ?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

तपाईँ महलहरू घुम्न जाँदा ख्याल गर्नु भएको छ भने प्राय जसो एउटा ठाउँमा ठुलो कुर्चीमा राखेर VR गेमहरू खेलाइन्छ। त्यो खेल्नको लागि एउटा हेडसेट दिन्छन् जसले हाम्रो आँखा छोप्छ। त्यो लगाइसकेपछि हेडसेटको स्क्रिनबाट हामीले कुनै अर्कै ठाउँ देख्छौ। त्यो लगाउँदा कुनै चस्मा लगाएर आफ्नै वरिपरि नै हेरेको आभास हुन्छ तर वास्तवमा त्यो ठाउँ केवल त्यो हेडसेटमा सीमित छ।

सरल भाषामा भन्नु पर्दा Virtual Reality (VR) कम्प्युटर र नयाँ प्रविधिको सहायताले बनाइएको एउटा यस्तो अवास्तविक संसार हो जसलाई हाम्रै संसार जस्तै देखाउन प्रयास गरिन्छ। सुन्दा अचम्म अनि डर लाग्ला तर VR वास्तवमा अहिलेको संसारको लागि एउटा देन सरह हो जसको प्रयोग 5G भित्र्याए पछि अझै फैलिँदै जान्छ।

हामीले Virtual Reality (VR) प्रायजसो गेम खेल्न अनि चलचित्रहरू हेर्न प्रयोग गरेको देखेका छौ तर VR को प्रयोग त्यहाँसम्म मात्र सीमित छैन। यसको सहायताले हामीले अनौठो अनुभूतिहरू लिन सक्छौ। VR को मदतले हामी चन्द्रमाको जमिनमा दौडनेदेखि समुन्द्रभित्रको संसार नियाल्न सक्छौ। यसको प्रयोग शिक्षा, खेलकुद, मनोरञ्जनदेखि तालिमसम्म हुन्छ। यसको सहायताले तपाईँ आफ्नो घर समेत नछोडीकन संसार घुम्न सक्नुहुन्छ र अरू थुप्रै कुराहरू गर्न सक्नुहुन्छ।

कस्ता छन् यसका मुख्य प्रयोजनका क्षेत्रहरु ?

१. शिक्षा र तालिम

विद्यार्थीलाई अप्ठ्यारो, खतरनाक वा कल्पना गर्न नसकिने विषयवस्तुहरू सहज रूपमा VR को मद्दतले बुझाउन सकिन्छ। शरीरको भित्री भागहरूदेखि समुन्द्रका जनावरहरूसम्म VR को सहायताले देखाउन अनि बुझाउन सहज हुन्छ। अर्को तर्फ, डाक्टर, पाइलट, आर्मीहरूलाई तालिम दिन VR को प्रयोग गर्न सकिन्छ। अहिले पाइलटहरूले प्लेन नै नउडाई त्यसबारे सबै जानिसकेका हुन्छन्। त्यस्तै डाक्टरहरूले पनि केही चिरफार गर्न अनि शरीरका अङ्गहरू चिन्न यसले धेरै सजिलो बनाएको छ।

२. नयाँ सिप सिक्न

सानादेखि ठुला सीपहरू सिक्न पहिले त्यही सिकाउने ठाउँमा धाएर जानु पर्दथ्यो भने अहिले हामीले सहजै VR को मदतले कुनै सिप सिक्न सक्छौ। चाहे त्यो कुनै वाद्यवादन सिक्न होस् या गाडी चलाउन सिक्न होस्, यसले सबैलाई सहज पारिदिएको छ। वास्तविक संसारकै नक्कल भएकोले यसमा सिक्न केही भिन्नता नहुने साथै अन्तै गएर सिक्दा हुने समय र पैसाको खर्च नहुने हुँदा यो धेरैमा लोकप्रिय छ।

३. भ्रमण

VR को सहायताले हामी संसारको जुन कुनामा पनि पुग्न सक्छौँ भने यसको प्रविधिले वास्तविक ठाउँभन्दा खासै भिन्नता नहुने हुँदा यसले पैसा र समयको बचत हुनुको साथै जोखिमबाट बचाउँछ। यदि तपाईँलाई सगरमाथा चढ्ने रहर छ तर डराउनु हुन्छ, या तपाई सहारा मरुभूमि हेर्न चाहनु हुन्छ भने हजारौँ पैसा खर्च गरेर ठुलो जोखिमका साथ त्यहाँ जानुभन्दा VR को मद्दतले एक छिनमा आफ्नो रहर पुरा गर्न सक्नुहुन्छ।

४. मनोरञ्जन

VR को सबैभन्दा बढी प्रयोग नै मनोरन्जनमा छ। गेम खेल्दा त्यसको सक्दो अनुभूति लिनेदेखि कुनै वास्तविक हलमै गएर चलचित्र हेर्ने सबै VR को देन हो। त्यसै गरी VR को अझै विकास हुँदै गयो भने कुनै स्टेडियममा चलिरहेको गेम देखि कुनै गायकको कन्सर्टसम्म हामीले घरबाटै हेर्न सक्छौ।

यसरी VR का थुप्रै प्रयोगका क्षेत्रहरू छन्। अबको आउँदो दिनहरूमा हामीले चाहेका क्रियाकलापहरू सबै VR को मदतले गर्न सकिन्छ जसले हाम्रो जीवन अझै सहज र रमाइलो बनाउन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?