१२ मंसिर २०७९, सोमबार

Logo

कसरी लिन सकिन्छ .com .np को निशुल्क डोमेन नाम ?



कसरी लिन सकिन्छ .com .np को निशुल्क डोमेन नाम?

डोमेन नाम एउटा वेबसाइटको आफ्नो फरक पहिचान हो, कुनै दुई वेबसाइटको एउटै डोमेन नाम हुँदैन। त्यसैले यदि कसैले हजुरको नामको डोमेन लिइसकेको छ भने अब तपाइले कि त्यस व्यक्तिसँग त्यो डोमेन नाम खरिद गर्नु पर्छ, या त आफ्नो नाममा अरू मिसाएर नयाँ पाउने डोमेन नाम खोज्नु पर्छ। जस्तै: दिपा नामको डोमेन उपलब्ध छैन भने dipa0123.com.np वा dipaadhikari0909.com.np जस्तै कुनै उपलब्ध डोमेन खोज्नु पर्छ।

आफ्नो नामको डोमेन हुनुको पनि छुट्टै फाइदाहरू छन्। त्यसबारे यहाँ अझै मजाले बुझाइएको छ।

https://techkagaj.com/?p=5007&preview=true

त्यसैले यदि तपाईँलाई आफ्नो नामको डोमेन चाहिएको छ भने .com.np मा हजुरले आफ्नो व्यक्तिगत प्रयोगको लागि निःशुल्क लिन सक्नुहुन्छ। त्यसको लागि केही प्रक्रियाहरू छन्, जुन यहाँ पालैपालो बुझाइन्छ।

त्यो बुझेर आफ्नो नाममा डोमेन लिनु अघि चाहिने दुई कुराहरू :

  • नागरिकताको फोटो
  • एउटा डोमेन नाम

१. नेपालको डोमेन दिने औपचारिक वेबसाइटमा जाने

कसरी लिन सकिन्छ .com .np को निशुल्क डोमेन नाम?

नेपालमा औपचारिक रूपमा .com.np को डोमेन दिने मर्केन्टाइलको एउटा वेबसाइट छ। हामीले अबको सबै जानकारी यही भर्ने हो।

यहाँबाट हामीले अबको प्रक्रिया अघि बढाउँछौ।

२. आफ्नो खाता बनाउने

कसरी लिन सकिन्छ .com .np को निशुल्क डोमेन नाम?

यही वेबसाइटमा हामीले हाम्रो जानकारी हालेर एउटा खाता बनाउँछौ। ध्यान गर्नु पर्ने कुरा यो हो कि पछि गएर हाम्रो डोमेन नाम यहाँ भरिएको जानकारीसँग जोडिने हुँदा सही र आफूले प्रयोग गर्ने इमेल, फोन नम्बरको प्रयोग गर्नु आवश्यक छ।

३. आफूले चाहेको डोमेन नाम खोज्ने

कसरी लिन सकिन्छ .com .np को निशुल्क डोमेन नाम?

यसरी यहाँ दिइएको खालि ठाउँमा आफूलाई चाहिएको डोमेन नाम खोज्न सकिन्छ।

यदि त्यो उपलब्ध छैन भने त्यो नाममा केही फेरबदल गरेर उपलब्ध डोमेन नाम खोज्नु पर्दछ।

यसरी डोमेन उपलब्ध भएको भनेपछि “Register Now” मा गएर प्रक्रिया अघि बढाउन सकिन्छ।

कसरी लिन सकिन्छ .com .np को निशुल्क डोमेन नाम?

 

४. आवश्यक जानकारी भर्ने

कसरी लिन सकिन्छ .com .np को निशुल्क डोमेन नाम?

यसरी “Register Now” गरेपछि तपाईँ यो पेजमा पुग्नु हुन्छ। यहाँ हजुरलाई दुई वटा सर्भरको नाम माग्छ।

अहिले हजुरलाई कुनै आफ्नो सर्भरको आवश्यकता नभएकाले त्यसमा ns1.hosting.net.np र ns2.hosting.net.np लेखेर अघि बढ्दा हुन्छ।

कसरी लिन सकिन्छ .com .np को निशुल्क डोमेन नाम?

त्यस पश्चात् तपाईँलाई नाम, ठेगाना, इमेल र फोन नम्बर माग्छ। यसमा आफ्नो सही विवरण भर्नु आवश्यक छ।

त्यसकै तल अर्को उस्तै बक्सामा त्यही जानकारी मागेको हुन्छ र केही फरक नहुँदासम्म माथि कै जस्तै लेख्दा हुन्छ।

५. आवश्यक कागजात पेस गर्ने

कसरी लिन सकिन्छ .com .np को निशुल्क डोमेन नाम?

यहाँ कागजको नाममा तपाइको नागरिकता अनि एउटा कभर चिठ्ठी माग्छ, नागरिकताको फोटो आफै मिलाएर हाल्नुपर्छ,

कभर चिठ्ठीको लागि कभर लेटर जेनेरेटरमा गएर आफ्नो जानकारी भरेपछि एउटा कभर चिठ्ठी बन्छ। त्यसलाई डाउनलोड गरेर .jpg फर्म्याटमा ल्याएर बल्ल यहाँ अपलोड गर्दा हुन्छ।

यो सबै सही तरिकाले गरे पछि २४ देखि ४८ घण्टा सम्ममा तपाइंको डोमेन एसेप्ट वा रिजेक्ट भएको जानकारी हेर्न सक्नुहुनेछ ।

 


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन