१२ मंसिर २०७९, सोमबार

Logo

गुगलले प्रयोगकर्ताहरूसँग माग्यो माफी



२४ साउन, एजेन्सी। गुगलले प्रयोगकर्ताहरूसँग माफी मागेको छ। सफ्टवेयर अपडेटका कारण गुगलमा  डाउन भएपछि यसबाट पर्न गएको असुविधाप्रति गुगलले माफी मागेको हो।

कम्पनीका प्रवक्ताले गुगलको टोलीले त्रुटिलाई सम्बोधन गर्न छिटो काम गरेको र सेवाहरू सामान्य रूपमा चलिरहेको जानकारी दिएका छन्।

‘हामी एक सफ्टवेयर अपडेट समस्या बारे सचेत छौं जुन आज दिउँसो प्यासिफिक टाइममा भएको थियो र यसले गुगल सर्च र म्यापको सुविधालाई संक्षिप्त रूपमा प्रभावित गर्‍यो।’ उनले भनेका छन्। ‘असुविधाको लागि हामी क्षमाप्रार्थी छौं। हामीले चाँडै समस्या समाधान गर्न काम गर्‍यौं र हाम्रा सेवाहरू अब फेरि सुरू भएका छन् ।’

डाउन डिटेक्टरले स्थानीय समय अनुसार मंगलबार बिहान २ः १२ बजे गुगल एक्स्प्लोरर डाउन भएको रिपोर्ट गरेको थियो। केही घण्टाको अवधिमा नै डाउन डिटेक्टरमा ४ हजार ११३ वटा रिपोर्ट गरिएका थिए।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन