१२ मंसिर २०७९, सोमबार

Logo

मेटाकै च्याटबटले भन्यो- मार्क जुकरबर्ग पैसाको लागि आफ्ना प्रयोगकर्ताहरूको शोषण गर्छन्



२७ साउन, एजेन्सी। मेटाको नयाँ प्रोटोटाइप च्याटबोटले बीबीसीलाई मार्क जुकरबर्गले पैसाको लागि आफ्ना प्रयोगकर्ताहरूको शोषण गरेको बताएको छ।

मेटाले च्याटबटले आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेको र लगभग कुनै पनि विषयमा च्याट गर्न सक्ने बताएको छ।

च्याटबोटले कम्पनीको सीईओ र संस्थापकको बारेमा के सोचेको छ भनेर सोध्दा हाम्रो देश विभाजित छ र उसले त्यसलाई मद्दत गरेन भन्ने जवाफ दिएको थियो। तर, मेटाले भने च्याटबोट एक प्रोटोटाइप भएका कारण यसले असभ्य वा आपत्तिजनक जवाफहरू दिने भन्दै बचाउ गरेको छ।

‘ब्लेन्डर बट प्रयोग गर्ने सबैले यो अनुसन्धान र मनोरन्जन उद्देश्यका लागि मात्र हो भन्ने बुझ्नु पर्दछ। यसले असत्य वा आपत्तिजनक उत्तरहरू दिन सक्छ। प्रयोगकर्ताहरू आपत्तिजनक कथनहरू गर्न बटलाई जानाजानी ट्रिगर नगर्ने कुरामा सहमत छन् भनेर स्वीकार गर्न आवश्यक छ।’ मेटाका प्रवक्ताले भनेका छन्।

ब्लेन्डर बट ३ मेटाले बनाएको च्याटबट हो। शुक्रबार यो च्याटबट सार्वजनिक गरिएको छ। यसले सार्वजनिक रूपमा पाइनले धेरै भाषाबाट सिक्ने बताइएको छ।

त्यसैगरी, मेटाका सिइओ जुकरबर्गको बारेमा सोध्दा उनले कांग्रेस अगाडि जवाफ दिन भयानक काम गरेको यो चिन्ताको विषय भएको जवाफ दिएक थियो।

जुकरबर्गलाई अमेरिकी राजनीतिज्ञहरूले विशेषगरी २०१८ धेरै पटक सोधपुछ गरेका छन्।

मेटाले आफ्नो प्लेटफर्ममा फैलिएको विकृति र घृणायुक्त भाषण रोक्न पर्याप्त काम नगरेकोमा आलोचना गरिएको छ। गत वर्ष एक पूर्व कर्मचारी फ्रान्सिस होगेनले कम्पनीले सुरक्षा भन्दा पनि नाफामा ध्यान दिएको बताएका थिए।

मेटासँग फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम र व्हाट्सएप लगायत विश्वका केही ठूला सामाजिक मिडिया कम्पनीहरूको स्वामित्व रहेको छ। ब्लेन्डर बट ३को एल्गोरिथ्मले यसको जवाफहरू सूचित गर्न इन्टरनेट सर्च गर्छ।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन