१ भदाै, एजेन्सी। लामो समयदेखि प्रोसेसरको बजारमा कब्जा जमाएको इन्टेललाई टक्कर दिँदै २०१७ तिर AMD ले आफ्नो प्रोसेसरहरु निकाल्यो। AMD को राइजन प्रोसेसरले अहिले एकदमै चर्चा कमाएको छ। यसको मूल्यदेखि स्पिड सँगै दिने अनेकन् फिचरहरूले गर्दा नयाँ ल्यापटप किन्ने हरेकले एक न एक पटक राइजन किन्ने विचार त गरेकै छन्।
राइजनले एक्कासि वर्षौँदेखि बनाएको इन्टेलको बजारलाई कसरी सक्यो ओगट्न?
राइजेन अधिक शक्ति कुशल हुन्छ। यदि तपाईँ हरेक सिपियु कोर प्रयोग गरेर तपाईँको पिसिलाई दिनभरि चलाउनु हुन्छ भने राइजनले सामान्यतया तपाईँलाई इन्टेल चिप भन्दा बढी शक्ति दिइरहेको हुन्छ। बहु-कार्य र एकल कार्यको कुरा गर्दा राइजनको गति इन्टेल भन्दा राम्रो छ।
यदि हामी बजेटमा आधारित प्रोसेसर हेर्ने हो भने AMD का प्रोसेसरहरु राम्रो हुन जान्छन् किनभने यसका विभिन्न प्रोसेसरहरु विभिन्न मुल्यमा कम बजेटमा उपलब्ध छन्।
जब तपाईँ उच्च-स्तरीय प्रयोग जस्तै रेन्डरिंगको लागि प्रोसेसर हेर्दै हुनुहुन्छ भने राइजन तपाइकै लागि हो। राइजनमा रहेको थ्रेड सिस्टमले गर्दा तपाइको कम्प्युटरलाई एउटा कोर पनि दुइटा भएको लाग्ने छ, जसले गर्दा त्यही एउटा कामको लागि दुई वटा कोर उपलब्ध हुनेछ। यो थ्रेड सिस्टमको कोर वास्तवमा हुँदैन, तर तपाइको कम्प्युटरले भित्री प्रोग्रामिंगबाट एउटा कोरलाई नै दुई कामको लागि विभाजन गरिदिन्छ।
कोर र थ्रेड भएको हुनाले नै AMD लाई अधिक कार्यात्मक मानिन्छ। यसमा इन्टेल बाहेक अन्य अतिरिक्त थ्रेडहरू छन् जसले मूल रूपमा कोरको कामलाई सघाउने गर्दछ। यहि कारणले गर्दा तपाइको राइजन प्रोसेसरमा धेरै भन्दा धेरै कार्यहरू एकै पटक गर्न सकिने र कम्प्युटर ह्यांग नहुने हुन्छ। यदि ठुलो विशेषताले गर्दा नै अहिले राइजन इन्टेलभन्दा बढी लोकप्रिय भएको छ।
प्रोसेसरको लागि कूलिंग सुविधा धेरै महत्त्वपूर्ण छ। यो प्रोसेसरमा कूलिंग भने प्याड वा पङ्खाको रूपमा आउँछ जुन सिपियुमा प्रदान गरिएको हुन्छ। यसले सिपियुमा उत्पन्न गर्मीलाई बाहिर निकाल्छ। यसको कारणले गर्दा सिपियु प्रोसेसर प्रयोगका लागि उपयुक्त र आन्तरिक क्षतिबाट मुक्त हुन्छ। जब तपाईँ कूलिंग फ्याक्टर वा कूलरको बारेमा कुरा गर्नु हुन्छ, तब यो थाहा पाउनु हुन्छ कि AMD यस विषयमा राम्रो छ।
AMD इन्टेलको तुलनामा धेरै सस्तो छ जुन इन्टेलको तुलनामा AMD को उच्च बिक्रीको कारण पनि हो। यसले इन्टेल बराबर नै विशेषता कम मूल्यमा दिने भएसी एउटा दुइटा फिचरलाई त नजरअन्दाज पनि गर्न सकिन्छ। यस कारण नै अहिले राइजन सबै माझ एकदम प्रचलित भएको छ।