© 2021-2024
१० भदाै, काठमाडाैँ । नयाँ नयाँ प्रविधिको विकास सँगै हाम्रो दैनिक कार्य अझै सहज बनाउन अझै सजिलो उपकरणहरूको उत्पादन र निर्माण हुन्छ। त्यसै मध्ये स्टाइलस पेन पनि एउटा नयाँ प्रभावकारी उपकरण हो। आखिर कसरी सहज पार्दछ त स्टाइलस पेनले हाम्रो जीवन र काम?
स्टाइलस पेन एउटा यस्तो उपकरण हो जसको मदतले तपाइले टच स्क्रिनमा मजाले चलाउन सक्नु हुन्छ।
यो हेर्दा कलम जस्तो देखिन्छ। यसको टुप्पोमा गोलो रबर हुन्छ। यसको भित्र सर्किट हुन्छ जसले करेन्ट आरपार गराएर यसलाई चल्न सम्भव गराउँछ।
त्यसका साथै रबरको टुप्पोको थोरै माथि एउटा नोड पनि हुन्छ जसले पछाडिको सर्किट सही रूपमा काम गर्न मदत गर्दछ।
यो फोन वा ट्याब्लेटमा नेभिगेट गर्न प्रयोग गरिने उपकरण हो।
स्टाइलस ट्याब्लेट, स्मार्टफोन वा टचस्क्रीन भएको कुनै पनि उपकरणमा प्रयोग गरिन्छ। तपाईँको औँला प्रयोग गर्नुको तुलनामा स्टाइलस पेनले तपाईँको फोन, ट्याब्लेट वा टचस्क्रीन उपकरणमा प्रयोग गर्दा अझै राम्रो अनुभव दिन्छ। यसले सजिलो रूपमा स्वाइपिङ र क्लिक अनुभव प्रदान गर्दछ।
यो पेन सामान्य मानिसदेखि विद्यार्थी सबैको लागि एकदम प्रभावकारी उपकरण हो। यसको सही प्रयोगले हाम्रो समय बच्छ।
यसका केही मुख्य प्रयोगहरू यस्ता छन्:
यो पेन जस्तै हुने हुँदा टच स्क्रिनमा मजाले स्केच गर्न सकिन्छ।
यसको मदतले विद्यार्थीहरूले पेनले लेखे जस्तै गरेर ट्याब, फोन वा अरू स्क्रिन टच उपकरणमा यो प्रयोग गरेर नोटहरू बनाउन सक्छन्।
तपाइको हातले कहिले काहीँ मजाले चलाउन नदिन सक्छ। स्टाइलस पेनको सानो टुप्पो भएकोले मजाले अनुप्रयोगभित्र नेभिगेट गर्न सकिन्छ।
स्टाइलस पेनको मदतबाट तपाईँको स्क्रिन फिंगरप्रिन्टबाट मुक्त हुनेछ। तपाईँको औँलाबाट धब्बा चिन्हहरू छोडिने छैन जसले गर्दा स्क्रिन सफा भइरहने छ।
स्टाइलस पेन प्रयोग गर्दा तपाइको स्क्रिनमा कुनै स्क्राच हुँदैन। तपाइको ठुलो नङसँग पनि तपाइले उस्तै मजासँग फोन चलाउन सक्नु हुन्छ।
स्टाइलस पेनमा तपाईँको औँलाको टुप्पोभन्दा राम्रो टच पोइन्ट हुन्छ। यसले गर्दा एपहरूमा हुने साना टच पोइन्टहरू सजिलै सँग चलाउन सकिन्छ।
यदि तपाईँ कुनै चिसो ठाउँमा बस्नु हुन्छ र टच गर्न मिल्ने पन्जा छैन भने हरेक पटक पन्जा खोलेर स्क्रिन चलाउनु ठिक हुँदैन। यस्तो समयमा स्टाइलस पेनले धेरै मदत गर्दछ।