दुई महिना अघि सार्वजनिक गरेको अपडेट “यो गज्जब छ” पछि “नेपाली पात्रो” ले “अद्भूत रेडियो – रेडियो पनि अनलाइन समाचार पनि” भन्ने थिममा iOS तथा Android दुवै माध्ययमहरुमा नयाँ अपडेट सार्वजनिक गरेको छ ।
यो अपडेटले देशभर र देश बाहिरबाट संचालन हुने नेपाली रेडियोहरुलाई समेट्ने काम त गरेको छ नै, साथै यसले रेडियोमा केही अद्भूत र अहिलेसम्म रेडियो एप्लिकेशनमा प्रयोग नभएका केही नविन र स्मार्ट सुविधा समेटेको छ । “हामी हाम्रा नेपाली पात्रो प्रयोगकर्ता र नेपाली पात्रोमा रहेको रेडियोलाई वहाँहरुका लागि अझै स्मार्ट, अझै अद्भूत र विविध उपयोगी सुविधा समेटेर ‘अद्भूत रेडियो – रेडियो पनि अनलाइन समाचार पनि’ सार्वजनिक गरेका छौं । जसमा रेडियोका स्रोताहरुले नेपाली पात्रोमा रहेको आफूलाई मनपर्ने रेडियोलाई सुन्दा त्यही त्यस रेडियोको आधिकारीक अनलाइन समाचारका हेडलाइनहरु पनि देख्न सक्नुहुनेछ ।ति
समाचारहरुलाई विभिन्न सामाजिक सञ्जालहरुमा सेयर गर्न पनि मिल्छ । सातवटै प्रदेशका लोकप्रिय स्थानीय एफएम/रेडियोहरुलेअनलाइन भर्जनमा समेट्ने पलपलको खबर, अपडेटेड र ब्रेकिङ समाचारहरु सोही रेडियोको पेजमा पढ्न सकिनेछ ।”
“यो अद्भूत किन छ भने यसले प्रयोगकर्तालाई स्थानीय रेडियोले प्रशारण गरेको रेडियो सामाग्रीहरु मध्ये ताजा सूचना तथा समाचारहरु अनलाइन माध्ययमबाट पढ्न पनि सक्नेछन् । प्रयोगकर्ताले नेपाली पात्रो लगइन गरी आफूलाई मनपरेको रेडियोलाई फेब गर्ने, विभिन्न सामाजिक सञ्जालमा सेयर गर्ने, उक्त रेडियो कतिजनाले सुने र कति वटा लाइक भयो भन्ने कुराहरु देख्न सक्नुहुनेछ । साथै रेडियो सुन्ने प्रयोगकर्ताहरुले नेपाली पात्रो लग-इन गरी आफूले सुन्ने रेडियोमा आफ्नो विचार सम्प्रेशन समेत गर्न सक्नुहुनेछ । त्यसरी सम्प्रेशन गरिएका विचारहरुमा अन्य प्रयोगकर्ताले प्रतिक्रिया समेत दिन सक्नेछन् । नयाँ मोबाइलमा नेपाली पात्रो इन्स्टल गर्नुभयो अथवा अनइन्स्टल गरी इन्स्टल गर्नुभयो भने लगइन नगरी फेब गरिएका रेडियो लिस्टहरु फेब सूचीमा देखिनेछैनन ।”
“यो अद्भूत अझै किन छ भने यो नयाँ अपडेटमा रेडियो खोज्नका लागि सजिलो सर्च माथिल्लो भागमै सहज हुनेगरी राखिएको छ भने नेपाली पात्रोमा धेरै सुनिने ट्रेण्डिङमा रहेका रेडियोहरु, प्रदेश अनुसारका रेडियोहरु, फ्रिक्वेन्सी सहितका रेडियोहरु र प्रिक्वेन्सी नभएका तर अनलाइन माध्ययममा रहेका लोकप्रिय अनलाइन रेडियोहरु पनि एप्लिकेशनको माथिल्लो ट्याबहरुमा समेटिएका छन् । यस सुविधाले प्रयोगकर्तालाई फ्रिक्वेन्सी रेडियो र अनलाइन रेडियो मध्ये जुन माध्ययमको रेडियो सुन्न मन लाग्छ सोहि अनुसारको ट्याबलाई सेलेक्ट गरी आफूलाई मनपर्ने रेडियो सुन्न र खोज्न सजिलो बनाएको छ । दुई अर्को अद्भूत सुविधा विश्वकप फुटबल सक्किए लगत्तै हामीले सार्वजनिक गर्ने तयारी गरेका छौं र ती दुवै सुविधा रेडियो स्रोता, रेडियोकर्मी तथा प्रविधिका हिसाबले अझै नविन हुनेछ” नेपाली पात्रोका प्रमुख कार्यकारी निर्देशक सन्तोष कुमार देवकोटाले बताउनुभयो ।
यस रेडियो अपडेट बाहेक अहिले नेपाली पात्रोमा विश्वकप फुटबलको स्कोर अपडेट, सहभागी टोली, अंक तालिका, लाइनअप, हरेक खेलको स्ट्याट र लाइभ टेक्स्ट कमेन्ट्रि सहितको सुविधा ‘IME Football 2022’ पनि समावेश गरेको छ भने ‘आम निर्वाचन २०७९’ मतगणनाको लाइभ अपडेट पनि हेर्न सकिन्छ ।
नेपाली पात्रो – नेपाली तिथि, मिति, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दु उत्सव / पर्वहरु, विभिन्न जातजाति, भाषाभाषिका धर्म, आस्था तथा संस्कृति लगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारीले भरिएको डिजिटल क्यालेण्डर हो । ‘नेपाली पात्रो’बाट नेपाली समय, तिथिमिति, पञ्चाङ, शुभ साईत / मुहु्र्त घडी पलाहरुको सम्पुर्ण जानकारीहरु सजिलै हाम्रो वेबसाइटबाट, अथवा iPhone तथा Android मा उपलब्ध Best Nepali Patro App मार्फत् विश्वको जुनसुकै कुनाबाट सजिलैसंग प्राप्त गर्न सकिन्छ ।
नेपालको पहिलो कम्यूनिटी मोबाइल एप्लिकेशन/एप “नेपाली पात्रो” प्रयोगकर्ताहरुका लागि दैनिक जीवनमा प्रयोग हुने विविध उपयोगी सामाग्री, टुल्स र सुविधाहरुले भरिएको छ । ‘नेपाली पत्रो’ प्रयोग गरी सजिलै जो कसैले पनि क्षणभरमैं केवल जन्मस्थान तथा जन्म मिति र समय राखेर विश्वासिलो जन्म कुण्डली / जन्मपत्री / जन्म पत्रिका (सटीक वैदिक ज्योतिष सिद्धान्तहरुको उपयोग गरिएको मोबाइल एप्लिकेशन) बनाउन सक्नुहुनेछ ।