युथ इन सोसल चेन्ज नामक गैर-नाफामुलक संस्थाबाट संचालित एक परियोजना Code for Change विगत ५ वर्ष देखि प्रविधिको क्षेत्रमा विभिन्न किसिमका कार्यक्रमहरूको माध्यमबाट प्राविधिक क्षेत्रमा योगदान पुर्याउंदै आएको छ।
स्थापनाकाल देखिनै यसले देशमा प्रविधिको विषय पढ्दै आएका विधार्थीहरुलाई विभिन्न वर्कसप, वेबिनार तथा ह्यकाथोनहरु गर्दै व्यक्तिगत तथा व्यावसायिक सिप वृद्धिमा सहयोग पुर्याउंदै IT विद्यार्थीहरू र उद्योग व्यवसायीहरूलाई सँगै ल्याउने उद्देश्यका साथ देशका विभिन्न कलेजहरूका विद्यार्थीहरूसँग मिलेर सिक्ने सिकाउने प्रक्रियालाई निरन्तरता दिइरहेको यस संस्थाले विभिन्न चरणका कोशेढुङ्गा पार गर्दै आएको छ।
संस्थाका संस्थापक निराजन क्षेत्रीका अनुसार उक्त संथामा वर्षौनि ठुलो नम्बरमा पदाधिकारी हरु परिवर्तन हुने गर्दछन भने केहि पुराना सदस्यहरुले नै पुन: आफ्नो कार्यकाललाई निरन्तरता दिन पनि पाउनेछन।
विधार्थीको व्यक्तिगत तथा व्यवसायिक सिप विकासमा काम गर्दै आएको उक्त संस्थामा कोहि विधार्थीले अझै सिक्न चाहेको अवस्था र कोहि पदाधिकारीहरुले पूर्ण रुपमा सिकाउन र सिक्न समय दिन्छु भनेको अवस्थामा निरन्तरता दिन पाउने समेत व्यवस्था गरेको छ भने यसका लागि पनि गत वर्षको प्रगति विवरण भने बुझाउन आवश्यक रहेको कुरा समेत क्षेत्रीले बताउनुभयो।
Code for Change को इतिहासमै पहिलो पटक स्थापनाको चौथो वर्षको अवसरमा २०२१ नोभेम्बर २६, २७ र २८ मा राष्ट्रिय कार्यकारिणी सम्मेलन (एनईसी) पोखरामा सम्पन्न भएको थियो।
राष्ट्रिय कार्यकारिणी सम्मेलन (एनईसी) संस्थाकै एक ठुलो आन्तरिक कार्यक्रम हो जहाँ सबै ठाउँका कार्यकारीहरु सम्मिलित भई कार्यकालको समिक्षा गर्दै आगामी वर्षको योजना समेत बनाउने गर्छन, आगामी वर्षका योजना तथा संस्थाका दिर्घकालिन भिजन र अठोटका बारेमा छलफल हुने भएकाले यस कार्यक्रमलाई संस्था भित्र तथा बाहिरका मान्छेले समेत अर्थपूर्ण रुपले हेरेका हुन्छन।
कम्युनिटीको नाम दिएर समाजमा विभिन्न विषंगति फैलाइरहेका अवसरवादी संस्थाहरु बाट दिक्क मानेका विधार्थी, व्यवसायी लगायतले विगतमा सामाजिक अभियानहरु चलाउने तथा प्रविधिको क्षेत्रमा योगदान गरेर समाज डोर्याउन लागी परेको उक्त संथामा पुन: आशाका किरणहरु रोपेर केहि नयाँ आउला भनि बाटो हेरेइरहेको समेत पाइन्छ।
विगतको वर्ष जस्तै यसवर्ष पनि Code for Change को राष्ट्रिय कार्यकारिणी सम्मेलन (एनईसी) यहि डिसेम्बरको ९, १०, र ११ गते आयोजना हुने भएको छ भने उक्त कार्यक्रमको संचालनको जिम्मा भने Code for Change बुटवल ले पाएको Code for Change काठमाण्डौ का परियोजना प्रमुख कृष्ण प्रसाद पोखरेलले बताउनुभयो।
पोखरेलका अनुसार यस वर्षको राष्ट्रिय कार्यकारिणी सम्मेलन (एनईसी) मा पनि गत वर्षको जस्तै फर्म्याट हुने तर अतिथि तथा कार्यकारीहरु नयाँ हुने भएकाले फरक किसिमको अनुभव हुने र अझ आधुनिक किसिमका योजानाहरु आउने विश्वास राखिएको छ।