वैदेशिक रोजगार बिभाग ताहाचलको कार्यालयमा प्रमुखमा बिमली केशब प्रसाद बिमली नियुक्त भएका छन् । व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशकसमेत रहेका बिमलीलाई ताहाचलसमेत हेर्ने गरी जिम्मेवारी तोकिएको हो ।
पछिल्लो समय इन्टनेट प्रणाली मार्फत भएको प्रभावकारीतालाई निरन्तरता दिँदै यसलाई थप प्रभावकारी बनाउँदै लैजानका लागि पनि विमलीलाई जिम्मेवारी दिइएको मन्त्रालयको भनाई छ ।
बिचौलियाको जगजगी रहेको ताहाचल कार्यालयलाई अनलाइन प्रणालीमा लगेसँगै एका बिहानैदेखि सोल्टी मोडसम्मै लाग्ने लाइनको अन्त्य हुनुका साथै स्पटमै हुने बार्गेनिङबाट सर्वसाधारणले मुक्ति पाएका थिए ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले सर्वसाधारण दिनदहाडै ठगिनु र लुटिनु पर्ने अवस्थालाई रोक्न खोजे पनि ठुला भनिएका म्यान पावर कम्पनीदेखि उच्च राजनीतिक तहसम्मै रहेको कनेक्सन पूर्णरुपमा भने अन्त्य गर्न हम्मेहम्मे भइरहेको छ । जसका कारण अनलाइन प्रणालीमै समेत रिजेक्सनका नाममा पुनः असुली हुने गरेकोसमेत सुन्नमा आएसँगै सूक्ष्म संयन्त्र बनाई रोक्न खोजेपछि बिचौलिया तथा केही कर्मचारीले अनलाइन प्रणालीलाई नै फेलीएर गराउन अनेक प्रोपोगन्डा शुरु गरेको मन्त्रालयका एक सहसचिव बताउँछन् ।
‘खाने मुख टाल्न खोजेपछि कार्यालय तथा मन्त्रालयकै कर्मचारीलाई बदनामित गराउने तत्त्व सक्रिय भएको देखिन्छ’ ती सहसचिवले भने, ‘तर सचिव, मन्त्री, मुख्यसचिव तथा प्रधानमन्त्रीज्यूसमेत अनलाइन सेवा प्रभावकारी बनाई सेवा प्रवाहमा सहजता ल्याउने कुरामा एकमत रहेकोले पनि गई सकेको प्रणाली रोकिँदैन’ ।