माघ ५ ,काठमाडौँ। नेपालकै ठुलो इन्टरनेट सेवा प्रदायक भनेर चिनिने नामुक इन्टरनेट सेवा प्रदायक worldlink communication को इन्टरनेट कनेक्सन देखि ठप्प जस्तै बनेको छ।
इन्टरनेटमा कुनै पनि किसिमका सामाजिक सञ्जाल, बैंकिंग एप तथा अन्य कारोबार हुन नसक्दा ग्राहक उपभोक्ताहरू मारमा परे सँगै चौतर्फी गुनासो सुनिन थालेको छ। बुधवार बेलुकासम्म ठिकठाकै चलिरहेको इन्टरनेट बिना सूचना बिहानै देखि बन्द हुनु तथा ढिलो चल्नुले उपभोक्ताहरूलाई उनीहरूका पूर्वयोजनाहरु पुरा गर्न कठिनाइ उत्पन्न भएको छ।
आधुनिक जीवनसँग लत बसिसकेको नेपाली समाजमा इन्टरनेट प्रतिको निर्भरता चरम बिन्दुमा रहेकाले इन्टरनेट सेवा प्रदायकहरूको यस्तो लापरवाही नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता जटिल विषयमा असर पर्नुको साथै दैनिकीमा समेत प्रभाव पारेको बुझिन्छ।
समस्याबारे जानकारी लिन ग्राहक सेवा प्रतिनिधि सँग कुरा गर्नै थुप्रै समय कुर्नुपर्ने भएको छ भने ग्राहक सेवा प्रतिनिधि नै सेवा पुन: सुचारु हुन लाग्ने समय सम्म यकिन नभएको बताउँछन्। ग्राहक सेवा प्रतिनिधिका अनुसार प्राविधिक टिमले समस्या समाधानको निम्ति काम गरिरहेको छ तर नतिजा कति समयमा आउने भन्ने कुनै निश्चय छैन।
नेपालकै सर्वोत्कृष्ट सेवा प्रदायक भनेर भनिने यस्ता नामुक इन्टरनेट सेवा प्रदायकले समेत सेवा अवरुद्धको घन्टौँ सम्म पनि समस्या समधान गर्न नसक्नुले उनीहरूको पूर्व तयारी, मानव संशोधन र स्रोतको अवस्था छर्लङ्गै देखिन्छ।