Trending:

टिकटक चल्न सुरु भएसँगै एनसेलले ल्यायो नयाँ टिकटक प्याक नेपाल टेलिकमले हटायो टिकटकको प्रतिबन्ध अनरले सार्वजनिक गर्यो विश्वको सबैभन्दा पातलो फोल्ड गर्न मिल्ने फोन एनसेल एपबाटै पुलिस रिपोर्टका लागि आवेदन दिन सकिने टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी आजदेखि टिकटक पूर्ण रुपमा चल्ने स्मार्टचोइस टेक्नोलोजिजले ल्यायो ‘तिर्की दाउः ट्रायल अफर’, ७ सय ७७ रुपैयाँसम्म क्यासब्याक ग्यालेक्सी ए०६ भदौ २३ गतेदेखि नेपाली बजारमा नेपालमा सार्वजनिक भयो प्रिमियम लक्जरी ईभी ब्रान्ड ‘जिकर’ सामाजिक सञ्जाल र साइबर सुरक्षासम्बन्धी विधेयक चाँडै : सञ्चारमन्त्री रियलमीको डिलर्स मिट सम्पन्न थप पाँच वर्षलाई नवीकरण भयो एनसेलको लाइसेन्स ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक फोनपेले सुरु गर्‍यो बोहनी नथिङ् बन्यो संसारकै फास्टेस्ट ग्रोईङ स्मार्टफोन ब्राण्ड एनसेलको लाइसेन्स नवीकरण गर्ने सरकारको निर्णय खल्तीद्वारा ‘नयाँ सुरक्षा प्याकेज सार्वजनिक नेपाल टेलिकम सम्बन्धी गुनासो छ ? यी नम्बरमा गर्नुहोस् नि:शुल्क फोन ओप्पोले नयाँ एआई फोन रेनो१२ सार्वजनिक, कति पर्ला मूल्य ? बाइडेन प्रशासनले कन्टेन्ट हटाउन दबाब दिएको मार्क जुकरबर्गको आरोप यसरी भएको थियो एटीएम आविष्कार ५ दिनमा १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स खारेज नयाँ भर्जनमा आयो बीवाईडी एट्टो ३, यस्ता छन् प्रविधि, डिजाइन र मूल्य पुरस्कारको रकमबाट विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान आईफोन १६ सार्वजनिक हुँदै नेपालमै पहिलो वास्तु वेबसाइट सञ्चालनमा एडिबीले नेपाललाई थप सहयोग गर्ने प्रतिबन्ध हटाए पनि अझै खुल्दैन टिकटक, यस्ता छन् सर्तहरू ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्ट बीच कर्जा प्रवाह सम्बन्धी सम्झौता टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारीपछि चिनियाँ राजदूतको प्रतिक्रिया–‘टुडे इज अ गुड डे’ ई–सेवाका एजेन्टले कुमारी बैंकबाट बिनाधितो २ लाखसम्म कर्जा पाउने सामसङले ग्यालेक्सी ए र ग्यालेक्सी ट्याब एस९ एफइ सिरिजमा सर्कल टु सर्च सुविधा विस्तार सरकारले आज देखि टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण युट्युबमा भिडियो थम्बनेल आकर्षक बनाउने तरिका राष्ट्रिय युवा संघ नेपालले नेपालमा ‘एआई’ सम्मेलन गर्दै बालबालिकाका लागि राष्ट्रिय स्तरको कोडिङ कम्पिटिसन हुँदै टिकटक माथिको प्रतिबन्ध हटाउने तयारी के तपाई वेबसाइट बनाउने सोचमा हुन्छ ? यी कुरामा अवश्य ध्यान दिनुहोस् क्यामरा किन्दा ध्यान दिनुपर्ने कुराहरु डिजिटल माध्यम मोबाइल बैंकिङ प्रयोग गर्दा ध्यन दिन पर्ने आधारभूत कुराहरु सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सकिने एआईको विकास गर्दै मेटा नेपाल टेलिकमको सेवा आज राति चार घण्टा प्रभावित हुने नास आईटी र टीजेएफबीच रणनीतिक सहकार्य अनर एक्स६बी नेपालभर उपलब्ध, मूल्य १६ हजार, कस्ता छन् फिचर ? एलन मस्क र डोनाल्ड ट्रम्पबीचको अन्तर्वार्तामाथि साइबर आक्रमण देशभर निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्कमा समस्या जिमेल अकाउंटको पासवर्ड परिवर्तन र रिसेट कसरी गर्ने सिमकार्ड कसको नाममा छ कसरी थाहा पाउने ? फेरी गुगल प्ले स्टोरमा फर्कियो ‘ई-सेवा’ एप
World News

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

२६ फाल्गुन २०७९, शुक्रबार १३:२८

२६ फागुन, एजेन्सी। दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरु गर्नुभन्दा केही दिनअघि बिहीबार उत्तर कोरियाले छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको सियोलको सैनिक स्रोतले जनाएको छ ।

आणविक शक्ति सम्पन्न उत्तर कोरियाले थप उत्तेजक प्रतिबन्धित हतियार परीक्षण गरिरहेको छ । जवाफमा सियोलले वासिङ्टनसँग सुरक्षा सहयोग बढाउन कदम चालेपछि दुई कोरियाबीचको सम्बन्ध दशकौँ यताकै सबैभन्दा खराब बिन्दुमा पुगेको छ ।

गत वर्ष किम जोङ उनको सरकारले उत्तर कोरियालाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो र सहयोगी सियोलको रक्षाका लागि अमेरिकाले यस क्षेत्रमा थप सम्पत्ति स्थानान्तरण गर्न खोजिरहेको बेला सामरिक आणविक हतियारसहित हतियारको उत्पादनमा तीव्र वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

सियोलको ‘ज्वाइन्ट चिफ अफ स्टाफ’ले उत्तर कोरियाको पश्चिमी बन्दरगाह शहर नाम्पोबाट स्थानीय समयअनुसार साँझ ६ः२० बजे छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको पत्ता लगाएको जनाएको छ ।

“हामीले निगरानी र सतर्कता लाई मजबुत बनाएका छौँ । हाम्रो सेनाले अमेरिकासँग नजिकबाट सहकार्य गर्दै प्रतिवादको पूर्ण तयारी गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।

उत्तर कोरियाले लामो समयदेखि आफ्नो आणविक हतियार र क्षेप्यास्त्र कार्यक्रम आत्मरक्षाका लागि भएको दाबी गर्दै आएको छ र अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको संज्ञा दिँदै आएको छ ।

यसै साताको सुरुमा उत्तर कोरियाले अमेरिकाले ‘जानाजानी’ तनाव बढाएको आरोप लगाएको थियो र किमकी शक्तिशाली बहिनीले प्योङयाङको क्षेप्यास्त्र परीक्षणलाई अमेरिकाले रोकेमा यसलाई ‘युद्धको स्पष्ट घोषणा’ का रूपमा हेर्ने चेतावनी दिएका थिए ।

सन् २०१९ मा किम र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता असफल भएपछि कूटनीतिक सम्वाद अवरुद्ध भएको छ र उत्तर कोरियाले सैन्य विकासमा दोब्बर वृद्धि गरेको छ ।

प्योङयाङको बढ्दो खतराको सामना गर्दै दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले टोकियो र वासिङ्टनसँग कूटनीतिक सम्बन्ध र सुरक्षा सहयोग बढाउन कदम चालेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अप्रिल २६ मा युनलाई राजकीय भ्रमणका लागि स्वागत गर्ने छन् भने दक्षिण कोरियाली नेताले अर्को हप्ता टोकियोको पनि भ्रमण गर्ने उहाँको कार्यालयले जनाएको छ ।

यसै महिना अमेरिका र दक्षिण कोरियाली सेनाले पाँच वर्षयताकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् ।

’फ्रिडम शिल्ड’ नाम दिइएको र मार्च १३ देखि कम्तीमा १० दिनका लागि तय गरिएको उक्त अभ्यासअघि मित्रराष्ट्रहरूले यसै साता आणविक क्षमता भएको अमेरिकी बी–५२ हेभी बमवर्षक विमानसहितको हवाई अभ्यास गरेका थिए ।

सियोलस्थित इवा विश्वविद्यालयका प्राध्यापक लीफ–एरिक इस्लेले भने, “यो सम्भवतः उत्तर कोरियाको उत्तेजक परीक्षणको शृङ्खलाको सुरुवात मात्र हो ।”

उनले भने, “प्योङयाङले अमेरिका र दक्षिण कोरियाको प्रमुख रक्षा अभ्यासका साथै जापानका प्रधानमन्त्री फुमियो किशिदा र अमेरिकी राष्ट्रपति जो बाइडेनसँग हुने राष्ट्रपति युनको आगामी शिखर वार्तालाई सावधानीपूर्वक लिएको बताएको छ ।

“किम सरकारले लामो दूरीका क्षेप्यास्त्र प्रहार गर्न आदेश दिन सक्छ, जासुसी उपग्रह प्रक्षेपणको प्रयास गर्न सक्छ, ठोस ईन्धन इन्जिन प्रदर्शन गर्न सक्छ र सम्भवतः आणविक परीक्षण पनि गर्न सक्छ,” उनले भने ।

उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासपछि आफ्नो क्षेप्यास्त्र परीक्षण र सैन्य अभ्यासलाई न्यायोचित प्रतिकारको रूपमा प्रस्तुत गरेको छ । गत हप्ता उसले संयुक्त राष्ट्रसङ्घलाई यी अभ्यासहरू रोक्न आग्रह गरेको थियो र आफ्नो आणविक हतियारले यस क्षेत्रमा शक्ति सन्तुलन सुनिश्चित गरेको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?