१४ चैत्र २०७९, मंगलवार

१०० रूपैयाँमै नेपाल टेलिकमको ५ जिबी डेटा



४ चैत, काठमाडाैँ । नेपाल टेलिकमले १०० रूपैयाँमै ५ जिबी डेटा उपलब्ध गराउने भएको छ ।

टेलिकमले दिएको जानकारी अनुसार ‘स्टे कनेक्टेड अल टाइम डेटा प्याक’ अन्तर्गत सस्तो मूल्यमा धेरै डेटा दिइएको हो । यस डेटामार्फत ग्राहकहरू जतिबेला पनि इन्टरनेटमा जोडिइरहन सक्नेछन् ।

यो सेवा सुचारू गर्न गर्न *१४१५*१०# डायल वा टेलिकमको एप प्रयोग गर्न सकिनेछन् ।

यसका अलावा टेलिकमको ‘सजिलो प्रिपेड कम्बो’ प्याकेज पनि रहेको छ । यस प्याकेजमा ३४९ रूपैयाँबाट २८ दिनका लागि १४ जिबी डेटा, सबै नेटवर्टमा कल गर्न सकिने १४०० मिनेट भ्वाइस कल र अल नेट १४०० वटा एसएमएस सुविधा पाइनेछ छ ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द