Trending:

टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल
अपडेट

विद्युतीय गाडीको प्रयोगले आर्थिक समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री बस्नेत

विद्युतीय गाडीको प्रयोगले आर्थिक समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री बस्नेत
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२२ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले नेपालले विद्युतीय सवारी साधनको अधिकतम प्रयोग गर्नु आर्थिक दृष्टिले मात्र लाभदायक नभई वातावरण जोगाउन र जलवायु परिवर्तनको नकारात्मक असरलाई कम गर्न पनि उत्तिकै महत्त्वपूर्ण हुने बताएका छन् ।

सोसाइटी अफ इलेक्ट्रिकल इञ्जिनियर्स नेपालको २८औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यशाला गोष्ठीमा उनले जलस्रोत नेपालको सबैभन्दा महत्त्वपूर्ण प्राकृतिक स्रोत भएको र त्यसको उत्पादन तथा खपत बढाउन सके देशले आर्थिक उन्नतिको क्षेत्रमा फड्को मार्ने विचार व्यक्त गरे ।

विद्युतीय सवारी साधनको उपभोगलाई बढाउन सकेमा स्वच्छ वातावरणलाई सघाउ पुग्ने धारणा व्यक्त गर्दै मन्त्री बस्नेतले यसको प्रयोगका लागि चाहिने आवश्यक नीति, नियमलगायत विविध चुनौतीको समाधान गर्ने सरकारको प्राथमिकताको विषय भए पनि सबै क्षेत्रको साझा पहलकदमीबाटै समृद्धि मुलुकको भविष्य सुनिश्चित हुने बताए ।

उनले विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउन चुनौती भए पनि यसमा सरकार मात्र नभएर निजी क्षेत्र, उपभोक्ता सबैको साथ र समर्थन हुनुपर्ने धारणा व्यक्त गरे । साथै, उनले विद्युतीय सवारी साधनको विकास र देशको समृद्धिका आकांक्षा पूर्तिका निम्ति सबै क्षेत्रको सामूहिक प्रयास आवश्यक हुने कुरा औँल्याए ।

जलस्रोतको विकासबाट नै मुलुकको सुन्दर भविष्य सुनिश्चित गर्न सकिने भन्दै मन्त्री बस्नेतले जलस्रोतको विकास र विद्युतीय सवारी साधनको प्रवर्द्धन सरकारको प्राथमिकताको क्षेत्र भएको विचार व्यक्त गरे ।

त्यस अवसरमा ‘विद्युतीय सवारी साधन प्रविधि, पूर्वाधार, नीति तथा चुनौती : वर्तमान अवस्था र व्यापारिक प्रयोजनको विद्युतीय गाडीको भावी सम्भावना’ विषयक कार्यपत्र प्रस्तुत गर्दै दिगो क्लिन इनर्जी प्रालिका कार्यकारी निर्देशक राजन रायमाझीले आगामी १०÷१५ वर्षभित्र विश्वमा विद्युतीय गाडीहरूको प्रयोग अत्यधिक मात्रामा बढ्ने विचार व्यक्त गरे ।

व्यापारिक प्रयोजनको विद्युतीय गाडीहरूको प्रयोगले नेपालको आर्थिक क्षेत्रको कायापलट गर्न सक्ने विचार व्यक्त गर्दै उहाँले विद्युतीय गाडीहरूको प्रयोगको विस्तार र वृद्धि गर्नका निम्ति दक्ष जनशक्तिहरू निर्माण गर्न, जनचेतना अभिवृद्धि गर्न, विद्युतीय गाडी खरिदमा सहज बैंक ऋणको व्यवस्था गर्न र देशैभरि यसका चार्जिङ स्टेशन खोलिनुपर्ने उनको धारणा थियो ।

सो अवसरमा सीनका अध्यक्ष डिल्लीरत्न शाक्यले हाल नेपालमा विद्युत्को उत्पादनमा वृद्धि हुँदै जानु सकारात्मक कुरा भएको विचार राख्दै देशमा उत्पादित विद्युत्को स्वदेशमै खपत बढाउनका निम्ति मलखाद कारखाना खोल्न र विद्युतीय सवारी साधनको प्रयोग बढाउन जरुरी भएको बताए । नेपालले हाल पेट्रोलियम पदार्थको आयातमा थुप्रै विदेशी मुद्रा खर्च गर्नुपरेको तथ्य औँल्याउँदै उनले देशभित्रै विद्युत्को खपत बढाउँदै व्यापार घाटा कम गर्न तथा आर्थिक समृद्धिको मार्गमा अघि बढ्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने कुरामा जोड दिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले यस्ता कार्यक्रम जनचेतनाका लागि सरकारले बेलाबेलामा गर्नुपथ्र्यो भन्दै सीनप्रति आभार व्यक्त गरे । उनले यस्ता कार्यक्रमले विद्युतीय सवारी साधनको प्रयोग वृद्धिका लागि वाधक विविध अप्ठ्यारा चुनौतीलाई सहज बनाउन सकिने तथा आर्थिक ऐन, नीति नियम तथा बजेटमा त्यस्ता अप्ठ्यारा अवस्थालाई सहज बनाउन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?